गुराँस लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच सम्झौता



 

काठमाडौ(नेस)
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ«े बैंक लिमिटेडका बीच मंगलबार माछापुच्छ«े बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा बैंकासुरेन्ससम्झौता भएको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले सो सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धकबालमुकुन्द रुपाखेती र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभयो । माछापुच्छे« बैंक लिमिटेडका ग्राहकहरुले बैंककोकुनैपनि शाखाबाटयस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्