शेयर बजारमा सामान्य सुधार



काठमाडौं (नेस) । मंगलबार दोहोरो अकंले गिरावट आएको शेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३ दशमलब ५२ विन्दुले बढेर एक हजार १८४ दशमलब ६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ७३ विन्दुले बढेर २५३ दशमलब ५८ विन्दुमा पुगेको छ ।

कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री भए । कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत उपसमूको शेयर भने घटेको छ । जलविद्युत उपसमूहको शयेर ५ दशमलब ४३ विन्दुले घटेको छ । त्यस्तै बैङ्किङ २ दशमलब ९६, होटल ० दशमलब २२, विकास बैंक ३दशमलब १४, वित्त ३ दशमलब १७, निर्जीवन बीमा २४ दशमलब २३, उत्पादन ३ दमशलब ०८, अन्य ६ दशमलब ७३, लघुवित्त २ दशमलब ३६ र जीवनबीमा १२ दशमलब ५९ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५दशमलब ०७ प्रतिशतले कमाएका छन् ।

त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३ दशमलब ४७, रिलायन्स फाइनान्स ३ दशमलब ३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलब १३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ दशमलब ७५ प्रतिशतले कमाएका छन् । त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलब ५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४ दशमलब ७०, सिन्धु विकास बैंक ३ दशमलब ७०, तारागाउ“ रिजेन्सी होटल ३ दशमलब ३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलब ०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्