हिमालय ऊर्जामा करिब ४ गुणा बढी आवेदन



काठमाडाैं, (नेस)
हिमालय ऊर्जा विकास कम्पनीले जारी गरेको १४ लाख ८५ हजार कित्ता साधारण शेयरमा आह्वान गरिएको भन्दा करिब चार गुणा बढी आवेदन परेको छ ।

साधारण शेयरमा कर्मचारीलाई छुट्याइएको तीन प्रतिशत अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको पा“च प्रशितश अर्थात ७४ हजार २५० कित्ताबाहेक बा“की रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण शेयर चैत २०–२४ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । कम्पनीमा ७२ हजार जना आवेदकले ५१ लाख ३७ हजार ५५० कित्ता शेयरको लागि ५१ करोड ३७ लाख ५५ हजार रकम आवेदन गरेका छन् ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारणले लगानीकर्ताहरुको उत्साहजनक सहभागीताले शेयर निष्काशन भएर माग भएभन्दा चार गुण बढी शेयर भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताउनुभयो । उहा“ले भन्नुभयोे –कतिपय जलविद्युत् आयोजनाहरुको शेयर बिक्री नभएको अवस्थामा चार गुणा बढी आवेदन हुनुले हिजो जस्तो जुनसुकै कम्पनीमा लगानी गर्ने भन्दा पनि कम्पनी छनोट गरेर प्राथमिक शेयर लगानी गर्ने प्रवृतीको विकास भएको देखिन्छ ।’

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाट को उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति–दोस्रो गरी कुल १९ मेगावाटका आयोजना निर्माण गरिरहेको छ ।

१९ मेगावाट निर्माण गर्नको लागि लागत करिब ३ अर्ब १५ करोड रहेको छ । जसअनुसार प्रति मेगावाट लागत करिब १६ करोड ५६ लाख रहेको छ, दुवै आयोजना असार मसान्तमा सम्पन्न हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्