धागो उद्योगमा आगलागी हुँदा करोडौंको क्षति



वीरगन्ज, (नेस)
वीरगन्ज पथलैया औद्योगिक क्षेत्र अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा रहेको त्रिवेणी धागो उद्योगमा लागेको आगो पा“च घण्टापछि नियन्त्रणमा आएको छ ।आइतबार राति लागेको आगो सोमबार विहान मात्र नियन्त्रणमा आएको हो।

बारा, पर्सा र रौतहटका गरी सात वटा दमकल रातिदेखि प्रयोग गरी आगो नियन्यन्त्रणमा लिइएको वीरगन्ज महानगरपालिका वारुणयन्त्रका इन्चार्ज शेरबहादुर कार्कीले जानकारी दिनुभएको छ । बाराको अमलेखगञ्ज, जितपुरसिमरा, कलैया, सिम्रौनगढ, रौतहटको चन्द्रनिगाहपुर र पर्साको वीरगन्जलगायतका ठाउ“बाट गएका दमकलले लामो समयपछि आगो नियन्त्रणमा लिएको हो।

उक्त उद्योगमा राती करिब १२ बजे आगो लागेको थियो। आगलागीबाट करिब १५ करोड रुपिया“ क्षति अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी मुरारी कार्कीले जानकारी दिनुभयो । विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

आगलागीबाट उद्योगको ब्लेडर मेसिनि २ थान, ब्लोरोम मेसिन २ थान, एमबिओ मेसिन २ थान र एमओ मेशिन २ थानका साथै अन्य सामग्री गरी कुल १५ करोडको क्षति भएको उद्योग व्यवस्थापनले दावी गरेको बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्