समलिंगीविरुद्ध नयाँ र कडा कानुन



दारुस्सलामा,(एजेन्सी)
ब्रुनाइमा बुधवारदेखि गुद्वार मैथुन र व्यभिचारी गर्ने जो कोहिलाई नमरुन्जेल ढुगाले हान्ने नयाँ कडा इस्लामिक कानुन लागु भएको छ । साथै यस नयाँ कानुन अनुसार चोरी गर्ने अपराधिको पनि अंगभंग गरिने भएको छ । यस नयाँ कानुनी अभियानको अन्तर्राष्ट्रिय जगतले कडा भत्सर्ना गरेको छ ।

बु्रनाइको समलिंगी समुदायले यस मध्यकालिन संजायको कारण स्तब्ध र सन्त्रसित भएको जनाएको छ । नाम नबताउने शर्तमा एकजना बु्रनाइयाली समलिंगीले विविसिलाई बताएका छन् , ‘ अपराधि भन्दैमा यसरी ढुँगाले हाने मार्ने संजायलाई कसैले मानविय मान्नै सक्तैनन् । ’

दक्षिण पुर्वी एसियाको सानो मुलुक बु्रनाइका सुल्तान हस्सनल बोल्कियाले कडा इस्लामिक पाठ सिक्न आब्हान गर्दै भनेका छन् , ‘ म हाम्रो मुलुकमा इस्लामिक पाठ मजवुत हुँदै जाओस् भन्ने चाहन्छुँ । ’
यसअघि न ैब्रुनाइमा समलिंगी यौन सम्बन्ध प्रतिवन्धित रहेको छ । यस्तो कार्यमा लागन्ेलाई अधिकतम दस वर्ष लामो कारावास संजायको व्यवस्था रहेको थियो । त्यहाँको कूल जनसंख्या चार लाख बिस हजार मध्ये करिव दुई तिहाई मुश्लिम रहेका छन् ।

बु्रनाइमा लामो समयपछि संविधानमा पुन मृत्युदण्डको व्यवस्था गरिएपनि सन् १९७५ यता कसैलाई मृत्युदण्ड दिइएको छैन । यो कानुन किशोरोवस्थामा पुगेकाहरु लगायत सम्पुर्ण मुश्लिम माथि लागु हुने बताइएको छ । तर कानुनका केहि वुँदाबाट गैर मुश्लिम समुदाय पनि प्रभावित हुने बताइएको छ ।
नयाँ कानुन अनुसार कसैले आफैंले अपराध कवुल गरेमा वा प्रत्यक्षदर्शीले समलिंगी गतिविधिबारे प्रमाण सहित वयान दिएके खण्डमा मात्र कारवाही गरिने पनि बताइएको छ । इस्लामिक कानुन सरियात अनुसार वलात्कार , व्यभिचार , समलिंगी यौन समबन्ध , डकैती , मोहमद पैगम्वरको अपान गर्नेहरुलाई अधिकतम मृतयुदण्ड दिइने गरिन्छ ।

तर बु्रनाइमा महिला समलिंगी ( लेसवियन ) हरुलाई भने चालिस कोर्रा र अधिकतम दस वर्ष करावास संजायको व्यवस्था रहेको छ । साथ ैअठार वर्ष मुनिका मुश्लिम बालबालिकाहरुलाई अन्य धर्म अवलम्वन गर्न दवाव वा प्रोत्साहन दिनेहरुलाई पनि जरिवाना र कैदको व्यवस्था गरिएको छ ।
तर नयाँ कानुन तोड्ने नाबालकहरुको हकमा भने संजाय स्वरुप कोर्रा लगाइन ेबताइएको छ । अपार सम्पत्तिका मालिक बु्रनेइका शाही परिवारले कुनै कर तिर्नुपर्दैन ।

प्रतिक्रिया दिनुहोस्