मलेसियाली पुर्व प्रम विरुद्ध मुद्धा प्रारम्भ



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाका पुर्व प्रधानमन्त्री नाजिव रजाक आर्थिक अनियमिततामा सरिक रहेको अभियोगमा मुद्धा चलाइएको छ । यस घटनाले अन्तर्राष्ट्रिय जगत नै स्तब्ध हुनपुगेको छ । १ एमडिबि नामक सरकारी कोष हिनामिना गरी ६८ करोड १० लाख अमेरिकी डलर आफ्नो खल्तीमा हालेको आरोपमा उनी विरुद्ध दायर गरिएका थुप्रै मुद्धाहरु पहिलो पटक उनले अहिले मध्ये सातवटा अभियोग सामना गर्ने भएका छन् ।

तर बुधवार नाजिवले आफु माथि लगाइएका सम्पुर्ण अभियोग अस्विकार गरेका छन् । नीतिगत लगानी मार्फत मलेसियाको आर्थिक स्थित्ी उकास्ने उद्देशयले १ एमडिबि कोषको स्थापना गरिएको थियो ।

तर त्यसको विपरित यस कोषको पैसा दुरुपयोग गरी विलासितापुर्ण जिवनशैली , एउटा हलिवुड फिल्म र सुपर जहाजमा लगानी गरिएको थियो । बुधवार नाजिवलाई राजधानी क्वालालम्पुर स्थित अदालतमा उपस्थित गराइँदा उनलाई उनका समर्थकहरुको समुहले भेटेको थियो ।

उनी अदालतमा प्रवेश गर्नु अघि तिनीहरुले ‘ नाजिव दिर्घायु रहुन् ’ भन्दै प्रार्थना गरेका थिए । नाजिवका वकिलहरुले अनितम समय समम पनि अदालती सुनुवाइ ढिाई गर्ने प्रयास गरेका थिए । तर न्यायधिशले तिनीहरु विरुद्ध रुलिंग गरेका थिए ।

सुनुवाई शुरु हुनासाथ मलेसियाका महान्यायधिवक्ता टोम्मी थोमसले भनेका थिए , ‘ अत्यनतै शक्तिशाली नाजिवले आफ्नो महत्वपुर्ण जिम्मेवारीलाई बिर्सेर यस्तो अवैध काम गरेका छन् । अभियुक्त कानुन भन्दा माथि हुनै सक्तैनन् । यो मुद्धा गत १२ फेब्रअरीमै शुरु हुनुपथ्र्याे ।

तर सम्वन्धि अभियोग विरुद्धका अपिलहरु माथि सुनुवाई हुनु परेकाले मुद्धा ढिलाई भएका ेहो । मलेसियाली सरकारले १ एमडिबिका लागि पैसा संकलन गरी लगानीकर्ताहरुलाई झुक्याएको भन्दै इन्भेस्टमेन्ट बैंक वाल स्ट्रिट फर्म गोल्डम्यान साक्स विरुद्ध पनि आपाधिक मुद्धाहरु दायर गरेको छ । सो बैंकले आफुले कुनै पनि गलती नगरेको अडान दोह¥याउँदै ति मुद्धा विरुद्ध दरिलो चुनौति दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्