ब्रुनाईमा समलिंगीलाई ढुंगाले हानेर मारिने कानुन लागू



काठमाडाैं । ब्रुनाईमा समलिंगीलाई ढुंगाले हिर्काएर मारिने नयाँ इस्लामिक कानुन बुधबारदेखि लागू भएको छ । ब्रुनाईका समलिंगी समुदायले भने यस कानुनलाई मध्ययुगीन सजायको रूपमा लिएका छन् ।

तर, नयाँ कानुनअनुसार कुनै पनि व्यक्तिलाई समलिंगी व्यवहार गरेको चारजनाले देखेको वा आफैँले स्वीकार गरे मात्रै सजाय दिन सकिन्छ ।

ब्रुनाईमा समलिंगी सम्बन्ध पहिले पनि गैरकानुनी थियो र १० वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । तर, नयाँ कानुनअनुसार अब ढुंगाले हानेर मार्ने उल्लेख छ । तेल र ग्यास निर्यातका कारण धनी बनेको ब्रुनाईमा ७२ वर्षीय सुल्तान हसनल बोल्कियले शासन गर्छन् ।

अन्य सजाय यस्ता छन्
बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्डको व्यवस्था नयाँ कानुनमा छ ।

गर्भपात गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने र चोरीका लागि हातखुट्टा काट्ने व्यवस्था छ ।

साथै १८ वर्षभन्दा मुनिका किशोरकिशोरीलाई इस्लामभन्दा अरू धर्मका बारेमा सिकाउनु पनि गैरकानुनी बनाइएको छ ।

कानुन मूलत इस्लाम धर्मालम्बीमा लागू हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागू हुन्छ ।
बीबीसी

प्रतिक्रिया दिनुहोस्