भुउपग्रह नष्ट गर्ने प्रविधि खतरनाक: नासा



वासिंगटन, (एजेन्सी)
अमेरिकी अन्तरिक्ष तथा हवाई निकाय ( नासा ) ले भारतको भूउपग्रह नष्ट गर्ने प्रविधि खतरानाक रहेको तथा यसले इन्टरनेसनल स्पेह स्टेसन ( आइएसएस ) लाई समेत खतरा रहेको मंगलवार जनाएको छ ।

नासाका प्रमुख जिम ब्रिडेन्स्टाइनले भारतको यस प्रविधि परिक्षणको कारण विगत दस दिन यता आइएसएससंग त्यसको भग्नावशेष ठोकिने संभावना बढ्न थालेको बताएक छन् ।

तर उनले अझैसम्म आइएसएस सुरक्षितै रहेको तथा यदि आवश्यक परेको खण्डमा खतरा टाल्न पनि सकिने बताएक छन् । यस्तो प्रकाको प्रविधि परिक्षण गर्ने भारत विश्वको चौंथो मुलुक हो ।

गत २७ मार्चमा भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले निकै तामझामका साथ मिसन शक्तिको परिक्षण घोषणा गरेका थिए । उनले यस ऐतिहासिक परिक्षणले भारतलाई ‘ अन्तरिक्ष शक्ति ’ को रुपमा स्थापित गरेको जनाएका थिए ।
नासाका आफ्ना कर्मचारीहरुलाई सम्वोधन गर्दै ब्रिडेन्स्टाइनले यस्तो एन्टि स्याटेलाइट ( एस्याट ) हतियार परिक्षण भएकोमा कडा आलोजना गरेका छन् । यसैगरी उनले नासाले चार सय वटा कक्षिय भग्नावशेष पहिचान गरिसकेको र ६० टुक्राको व्प्यास दस सेमि भन्दा ठूलो भएको बताएका छन् ।

ति मध्ये २४ वटाले आइएसएस माथि खतरा पु¥याउन सक्ने बताइएको छ । तर दिल्लीले भने पृथ्व्को सतह भन्दा ३ सय किमी माथ यसको परिक्षण गरिएकाले भग्नावशेषले आइएसएसलाई केहि फरक नपार्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्