विष काण्डमा शिक्षक पक्राउ



बेइजिंग,(एजेन्सी)
चीनको मध्य भागमा अवस्थित एउटा किन्टरगार्टेनमा तेंइसजना बालबालिकालाई विष दिएको आशंकामा प्रहरीले मंगलवार एकजना शिक्षकलाई हिरासतमा लिएको अधिकारीहरुले बताएका छन् ।

हेनान प्रान्तको जियाओजुओ शहरको किन्डरगार्टेनमा विहान पोरिज खाएपछि अशक्त हुनासाथ तिनीहरुलाई अस्पताल दगुराइएको सरकारी संचार माध्यम सिन्ह्वाले जनाएको छ । प्रारमिभक अनुसनधानबाट सो खानमा सोडिय नाइट्रेट नामक रसायनिक पदार्थ बढि रहेको पाइएको छ ।

प्रहरीले विष सेवन गराउनेको उद्देशय थाहा हुन नसकेको बताएको छ । तर ििचनिया संचार माध्यमले प्रहरी सुत्रहरुलाई उदरित गर्दै ति शिक्षकले आफ्नो एक सहकर्मिसंग बदला लिन चाहेको जनाएको छ ।

बेइजिंग न्युजले गत बुधवार किन्डरगार्टेनमा बिहान नाश्ता गर्ना साथ तिनीहरु वान्ता गर्दै बेहोस हुनथालेको जनाएको छ । प्रहरीले सोमवार मात्र यो घटना सार्वजनिक गरेको हो ।

एकजना अभिभावकले बिद्यालयबाट सुचना पाउना साथ अस्पताल पुग्दा डाक्टरहरुले आफ्नो बच्चाको पेट थिच्दै गरेको बताएका छन् । सिन्ह्वाले एकजना बालकको स्थिती चिन्ताजनक रहेको र अन्य सातजनाको उपचार भइरहेको तथा पन्ध्र जनालाई डिस्चार्ज गरिएको जनाएको छ ।

स्थानिय संचार माध्यमले यो विद्यालय अस्थायी समयका लागि बन्द गरिएको र बालबालिकाहरुलाई अन्य किन्डरगार्टेनहरुमा पठाइएको जनाएको छ । सोडियम नाइट्रेटलाई मासुलाई ताजा राखन प्योग गरिन्छ तर यसको बढि परिमाण विषक्त सावित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्