ब्रेक्जिट विवाद: चार वैकल्पिक योजना सांसदद्वारा अस्विकृत



लन्डन (एजेन्सी)
बेलायतका सांसदहरुले युरोपेली संघसँग सरकारको तीन सम्झौतालाई अस्विकार गरेपछि मंगलबार ब्रेक्जिटका लागि ४ सम्भावित वैकल्पिक योजना विरुद्ध मतदान गरेका छन् ।

युरोपेली संघबाट बाहिरिएपछि अत्यन्त घनिष्ठ आर्थिक सम्बन्ध बनाइराख्न, अर्को जनमत संग्रहमा जाने वा बिना कुनै सम्झौताको ब्रक्जिटलाई रोक्ने मध्य कुनै पनि प्रस्तावले बहुमत हासिल गर्न सकेन । दोस्रो जनमत संग्रहमा जाने प्रस्तावको समर्थनमा सबैभन्दा बढी २ सय ८० मत परेको छ तर यस विरुद्ध पनि २ सय ९२ मत खसेको थियो ।

त्यसपछि युरोपेली संघसँग स्थायी ‘कस्टम युनियन‘मा रहने प्रस्तावको पक्षमा २ सय ७३ मत परेको तर यस विरुद्ध २ सय ७६ मत परेकोले यो पनि पारीत हुन असफल भयो । मतदान पछि सरकारले परिणामले उसको योनजा सर्वश्रेष्ठ रहेको देखाएको बताउँदै यसलाई पुन एकपटक यो हपता संसद समक्ष राख्न सक्ने संकेत दिएको छ । ब्रेक्जिट मन्त्री स्टिफन बार्कले मतदानपछि सांसदलाई संसद ‘पुन एक कुनै पनि प्रस्तावमा बहुमतमा पुग्न असफल ‘ भएको बताए ।
उनले भने– अब स्वाभाविक कानुनी स्थिति भनेको बेलायत बिना कुनै सम्झौता युरोपेली संघबाट मात्र ११ दिन भित्र बाहिरिने छ ।


अप्रिल १२ मा बिना सम्झौता बाहिरिने विकल्प समय लम्ब्याउनु मात्र हुने र यसको अर्थ युरोपेली संसदमा मतदान गराउनु पर्ने बार्कले बताए ।
उनले भने– यदि हाउस अफ कमन्स यसै हप्ता सम्झौतामा राजी भएमा सायद युरोपेली संसदको मतदान गारउन आवश्यक नुहुन सक्छ ।

कन्जरर्भेटिव सांसद निक वोल्जले मतदानपछि पार्टी छोड्ने घोषणा गर्दै भाबुक हुँदै भने– मैले सम्झौता गराउन पुरा प्रयास गरेँ । म असफल भएको स्विकार गर्छु । म सबैभन्दा विफल भएँ किनभने मेरो पार्टीले सम्झौता गर्न अस्विकार गरे । मलाई यो घोषणा गरिरहँदो दुख लागेको छ कि म अब यो पार्टीलाई साथ दिन सक्दिन ।

निकले नै ब्रेक्जिटपछि युरोपेली संघसँग घनिष्ठ सम्बन्धको योजनाको प्रस्ताव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्