जापानमा नयाँ शाही युग ‘ रेइवा ’ प्रारम्भ हुने



टोक्यो,(एजेन्सी)
जापानले ‘ रेइवा ’ नामक आफ्नो नयाँ सम्राट युग आगामी १ मे देखि शुरु हुने सोमवार घोषणा गरेको छ । सो युग शानित सुरक्षा र सौहार्दताको प्रतिक हुने बताइएको छ । सम्राट अकिहितोले स्वेच्छाले गद्धि त्याग गर्नासाथ एक महिना भित्र अहिलेको हेइसेइ युगको अन्तय हुँदैछ ।

मन्त्रीमन्डलका प्रमुख सचिव योसिहिदे सुगाले व्यग्रताका साथ प्रतिक्ष्ति यस युगको नाम हस्तलिखित रुपमा बोर्डमा अँकित गरिने बताएका छन् । जापानका प्रधानमन्त्री सिन्जो आवेले राष्ट्रको नाममा सम्वोधन गरी आगामी युगको अर्थको बयान गरेका थिए ।

प्रत्येक जापानी सम्राटको शासनकाल अर्थात ‘ जेन्गो ’ को आफ्नै छुटै नाम हुने गरेको छ । यसलाई वर्षहरु जनाउन पश्चिमी क्यालेनडरसंगै प्रयोग गरिने गर्दछ । नयाँ युगको नाम दुईवटाशब्द रेइ र वा मिलेर बनेको छ ।
त्यसका अर्थ , ‘ काननु वा आदेश ’ र ‘ शान्ति वा सौहार्दता ’ हुन् । यसपालि पहिलो पटक चिनिया नभई जापानी कविताहरुको पुरानो संग्रह मान्योसुबाट ति शब्द लिइएको आवेले स्पष्ट पारेका छन् ।

आवेले पत्रकारहरुलाई भनेका छन् , ‘ मान्योसु जापानको गहिरो जन संस्कति र लामो परम्पराको प्रतिक हो । हाम्रो राष्ट्र ठूलो परिवर्तनको सामना गर्दै छ । तर थुपै्र जापानी मुल्य र मान्यता पनि ओझेल हुन दिनु हुन्न ।

जापानको आधुनिक इतिहासमा चारवटा शाही युग रहेका छन् । हालको अकिहितोको हेइसेइ युगको अर्थ ‘ शानित हासिल गर्नु ’ भन्ने हुन्छ । त्यस अघिको सोवा युग ( १९२६ – १९८९ ) को अर्थ , ‘ प्रज्वलित सौहार्दता ’ , ताइसो युग ( १९१२ –१९२६ ) को अर्थ ‘ महान न्याय ’ र मेइजी जेन्गो ‘ ज्योतिर्मय शासन ’ रहेका छन् । सन् २०१७ को डिसेम्वरमा जापानको सरकारले बुढ्यौलीको कारण ८५ वर्षिय अकिहितोले २०१९ को अप्रिलमा स्वेच्छाले राजगद्धि आफ्नो पुत्र युवराज नारुहितोलाई प्रदान गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्