किमको हत्या आरोपितलाई कम संजाय



क्वालालम्पुर,(एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको सौतनी भाई किम जोंग नामलाई मलेसियाको क्वालालम्पुर विमानस्थलमा हत्या गरेको अभियोग लगाइएकी भियतनामी महिला यस मुद्धामा दोषि ठहराइए पनि कम संजाय तोकिएको छ । मलेसियाको एक अदालतले सोमवार दोआन थि हुओंगलाई सन् २०१७ को फेब्रुअरीमा पक्राउ गरि यता देखि गणना गरी तीन वर्ष चार महिना लामो कारावास संजाय तोकेको छ ।

सन् २०१७ मा दिउँसै क्वालालम्पुर विमानस्थलमा किम माथि हुओंग र अर्की एक इन्डोनेसियाली महिला सिती आइस्याहले विषाक्त नर्भ एजेनट भिएक्स प्रयोग गरी हत्या गरेका थिए । हुओंगका वकिलले भने मलेसियाको प्रचलित कानुन अनुसार उनलाई मे महिनामै कारगार मुक्त गरिने जनाएका छन् ।

यदि हत्याको अभियोगमा दोषि ठहरिएको खण्डमा उनले मृत्युदण्ड भोग्नु पथ्र्यो । अदालती कारवाहीले किमको हत्यामा कोहि पनि पूर्ण रुपमा जिम्मेवार नरेहेको जनाएको छ । मलेसियको राजधानी क्वालालम्पु स्थित शाह आलम अदालतमा हुओंगका वकिल तेह पोह तेइकले उनी मेको पहिलो साता घर जान सक्ने बताएका छन् ।

हुओंगकी सौतेनी आमा गुयन थि भिले विविसि भियतनामीलाई बताएकी छिन् , ‘ परिवार निकै खुशी छन् । हामी सरकार , वकिलहरु र समुदायहरुबाट प्राप्त समर्थनका लागि कृतज्ञ छौं । ’

मलेसियाको महान्यायधिवक्ताको ठाडो हस्तक्षेप पछि गत महिना सिती आइस्याह कारगार मुक्त भएकी थिइन् । पक्राउ पर्ना साथ तिनीहरुले आफुहरुले टिभि प्रायन्कमा भागलिइरहेको ठानेर किमको अनुहारमा अज्ञात चिज दलेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्