स्लोभाकियामा पहिलो महिला राष्ट्रपति



मस्को,(एजेन्सी)
भ्रष्टाचार विरोधी उम्मेदवार जुजाना क्यापुतोभाले स्लोभाकियको राष्ट्रपतिय चुनावमा विजय हासिल गरेकी छिन् । यससंगै उनी स्लोभाकियाको पहिलो महिला राष्ट्राध्यक्ष हुन पुगेकी छिन् ।

करिव करिव कुनै पनि राजनीतिक अनुभव नभएका क्यापुतोभाले सत्तारुढ पार्टीका उम्मेदवार उच्च स्तरिय कुटनीतिज्ञ मारोस सेफ्कोभिकलाई दोश्रो चराण्को मतदानमा पराजित गरेको स्थानिय संचार माध्यमले जनाएको छ । उनले यस चुनावलाई असल र खरावबिचको संघर्षको रुपमा लिएकी थिइन् ।

गत वर्ष भएको एकजना अनुसन्धानात्मक पत्रकारको हत्याको यस चुनावमा ठूलो प्रभाव परेको छ । सन् २०१८ को फेब्रुअरीमा राजनीतिज्ञहरु र संगठित अपराधबिचको समबन्धबारे अनुसनधान गरिरहेका पत्रकार जान कुसियाकलाई उनकै मँगेतर सामु गोली हानी हत्या गरिएको थियो ।

क्यापुतोभाले आफु राष्ट्रपतिय चुनावमा उठनुका कारणहरु मध्ये एक कुसियाको हत्या पनि भएको बताएकी थिइन् । स्लोभाकियमा राष्ट्रपति पद केव अलँकारिक पद मात्र हुन् । अन्तिम मत गणना परिणाम अनुसार कूल खसेको मत मध्ये उनले करिव ५८ र सेफ्कोभिकले ४२ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनले अवैध ल्यान्डफिल विरुद्ध चौंध वर्ष लामो मुद्धाको नेतृत्व गरेर वकिल पेशामा प्रख्याती कमाएकी थिइन् । पारपाचुके गरेकी दुई सन्तानका ४५ वर्षिय आमा उनी उदारवादी प्रोग्रेसिभ स्लोभाकिया पार्टीका सदस्य हुन् ।

यस पार्टीको संसदमा कुनै पनि सिट छैन । अझै सम्म समलिंगी विवाहलाई अवैध मानिएको स्लोभाकियामा उनी यस मामिला प्रति उदार दृष्टिकोण राख्दछिन् । पििहलो चरणको चुनावमा भने उनले ४० र सेफ्कोभिकले १९ प्रतिशत मत प्राप्त गरेका थिए ।

पराजित विपक्षी नेता सेफ्कोभिक युरोपेली आयोगका उपाध्यक्ष हुन् । उनी रोवर्ट फिकोको नेतृत्वमा रहेको सत्तारुढ स्मेर – सोसलिस्ट डेमोक्रेटिक पार्टीबाट मनोनित हुन् । कुसियाको नाटकिय हत्याको कारण राष्ट्रभरि चर्केको विरोध प्रदर्शनपछि फिकोले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्