इन्टरनेट सामग्री नियन्त्रित हुनुपर्ने: जुकरवर्ग



वासिंगटन,(एजेन्सी)
विश्व प्रसिद्ध सामाजिक संजाल फेसबुकका मालिक मार्क जुकर्वर्गले सम्वन्धित राष्ट्रका सरकारहरुले इन्टरनेटको सामग्री नियन्त्रण गर्न थप सक्रिय भुमिका निभाउनु पर्ने सुझाव दिएका छन् ।

अमेरिकाको अखवार दि वासिंगटन पोस्टको विचार पृष्ठमा प्रकासित लेखमा उनले कम्पनी आफैंले मात्र हानीकारक सामग्रीको जिम्मेवारी लिन र अनुगमन गर्न कठिन हुने बताएका छन् । उनले हानीकारक सामग्री , चुनाव एकता , गोपनियता र तथ्यांक संभाव्यताजस्ता चारवटा क्षेत्रमा नाया कानुनको आवशयकता रहेको पनि औंल्याएका छन् ।

न्युजिल्यान्डको क्राइस्टचर्च शहर स्थित दुईवटा मस्जिदमा एकजना बन्दुकधारीले फेसबुकमार्फत लाइभस्ट्रिममा आक्रमण गरेको दुईसातापछि यो प्रसंग निस्केको हो । उनले सम्पुर्ण सामाजिक संजालहरु माथि एउटै किसिमका नियम कानुनको जरुरत रहेको पनि बताएका छन् ।

१५ मार्चमा अष्ट्रेलियन नागरिक ब्रेन्टन टारान्टले मस्जिदमा प्रार्थना गरिरहेको मुश्लिमहरु माथि अन्धाधुन्ध गोली चलाउादा पचास जना निर्दोष सर्वसाधारणको ज्यान गएको थियो । केहिले त लाइभस्ट्रिम मोडमा आत्महत्या समेत गरिसकेका छन् ।

जुकर्वर्गले भनेका छन् , ‘ विधायकहरुले प्रायशः मलाई हामीसंग बोल्ेन ठूलो शक्ति भएको भनिरहन्छन् । या ेकुरा म सहर्ष स्विकार्छुं । फेसबुक वालमा के चिज पोस्ट गर्ने र हटाउनेबारे मानिसहरुलार्ए निर्णय गर्न सहज बनाउन एक स्वतन्त्र निकाय बनाउँदै छौं ।

फेसबुकले आफ्नै संस्थापक मार्क जुकरवर्गका पोस्टहरू डिलिट गरिदिएको छ । जुकरवर्गका सन् २००७ र २००८ का पोस्टहरू गल्तीवश डिलिट भएको सो कम्पनीले जनाएको छ ।

कम्पनीका प्रवक्ताका अनुसार जुकरवर्गको फेसबुक वालबाट हटे पनि ती पोस्ट कम्पनीको ब्लग र न्युजरूममा भेटिन सक्छन् । प्राविधिक त्रुटिका कारण जुकरवर्गका केही पोस्ट डिलिट भएका हुन् । तिनलाई पुन प्राप्त गर्न धेरै काम गर्नुपर्थ्यो । त्यो प्रक्रिया पूरा गरेपछि पनि पोस्ट रिकभर हुने ग्यारेन्टी थिएन । त्यसैले हामीले प्रयासै गरेनौं। ’

ति प्रवक्तालाई उदरित गर्दै सिनेट अखवारले यसरी गल्तीवश् जुकरवर्गका कति पोस्ट डिलिट भए भन्ने यकिन नभएको तर धेरै संख्यामा डिलिट भएको हुनसक्ने जनाएको छ । यो प्राविधिक त्रुटिको वास्तविक कारण पनि पत्ता लागि नसकेको बताइएको छ ।

जुकरवर्गको फेसबुकबाट यी पोस्ट हटेको जानकारी सबैभन्दा पहिले ‘बिजनेस इन्साइडर’ ले पाएको थियो । यसरी फेसबुकबाट आफैं पोस्ट हराउने हो भने कम्पनीलाई निकै समस्या पर्ने सञ्चार विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्