भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी



मस्को (एजेन्सी)
रुसले अमेरिकालाई भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । उक्त चेतावनीपछि दक्षिण अमेरिकी देशहरुमाथि रुसले सैन्य कारवाही गर्न सक्ने अनुमान लगाइएको छ ।

रुसको विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोवाले भनिन् , हामी भेनेजुयलालाई धम्क्याउन, उसको अर्थब्यवस्था ध्वस्त पार्न र उसलाई गृहयुद्ध तर्फ धकेल्ने प्रयास बन्द गर्न अमेरिकालाई आग्रह गर्छौ, यो अन्तराष्टिय कानुनको खुला उलंघन हो ।

अमेरिका सहित पश्चिमी देशको आरोप विपरित उनले भनिन् , रुस भेनेजुयलामा जानीजानी सैन्य उपस्थिति गराइरहेको होइन । सन्चार माध्यमका अनुसार रुसी वायुसेनाका दुई विमान मार्च २३ मा करिब १ सय सैनिक र ३५ टन सामान सहित भेनेजुयला पुगेका थिए ।

रुसद्वारा भेनेजुयलामा कुनै सैन्य अभियानको सन्चालन गर्ने अनुमान पुर्णतया निराधार भएको जाखारोवाले बताइन् । भेनेजुयलालाई वैध सहयोग दिने कुरालाई लिएर अमेरिका रुसलाई प्रतिबन्धहरुबाट तर्साउने प्रयास हास्यास्पद भएको उनले बताइन् । यि सबैका बावजुद रुस भेनेजुयला सरकार र विपक्षबीच वार्ता गराउने प्रयास गर्ने उनले थपिन् ।

देशलाई आफनो ब्यक्तिगत आकांक्षाबाट माथि राख्ने भेनेजुयलाका सबै राजनितिक शक्तिसँग एक आपसमा वार्ता गर्न रुसले आग्रह गर्ने र यसमा मस्कोले हर सम्भव मद्दत गर्न तयार रहेको उनले प्रष्ट पारिन् ।

विदेशी मिसन बोलाउन तयार ःगुएडो
यसबीच भेनेजुयलाको राष्ट्र्यि सभाका सभामुख जुआन गुइडोले आफुलाई देशमा अन्तराष्ट्र्यि मिसन बोलाउन अनुमति दिने संविधानको अनुच्छेद लागु गर्न तयार रहेको बताएका छन् । उक्त मिसनले उनलाई सहयोग गर्न सक्ने उनले बताए ।

गुएडोलाई ५० देशले भेनेजुयलाको कार्यवाहक राष्ट्र्पतिका रुपमा स्विकार गरिसकेका छन् । शनिबार गुएडोले मिरान्डा प्रान्तमा समर्थकहरुलाई सम्बोधन गर्दै भने ( जब हामीले अनुच्छेद १८७ को कुरा गर्यौं, यसलाई निश्चित रुपमा लागु गर्ने हामीले भनेका थियौं, त्यो सहयोगको हिस्साका रुपमा …. किनभने यसले हाम्रा सहयोगी के गर्न सक्छ र के सक्दैन भन्ने कुरालाई इंगित गर्छ , यो होइन कि हामी के गर्न सक्छौं ।

विगत केही दिनमा विपक्षका केही घटकले संविधानको अनुच्छेद १८७ लागु गर्न भनिरहेका छन्। यसले भेनेजुयलाको सैन्य अभियान वा विदेशी मिसनलाई काम गर्न अनुमति दिन्छ । विपक्षहरु देश एक जटिल मानविय संकटमा डुबेको र यस संकटकाललाई कम गर्न उसले अन्तराष्ट्र्यि समुदायसँग दान र सयहोग मागेको बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्