ब्रेनडेड महिलाले बच्चा जन्माइन्



लिस्बन (एजेन्सी)

पोर्चुगलमा ब्रेनडेड भएकी एक २६ बर्षिय महिला खिलाडीले विहीबार एक बच्चालाई जन्म दिएको र त्यसपछि उनको मृत्यु भएको जनाइएको छ । उनी गत डिसेम्बर देखि ब्रेनडेड अर्थात मानसिकरुमा मृत अवस्थामा थिइन् ।

अन्तराष्ट्र्रिय स्तरका खिलाडी रहकी क्याथरिना सेकेरालाई डिसेम्बरमा घातक दम फैलिएपछि उनलाई ब्रेनडेड घोषित गरिएको थियो । ३२ हप्ताको गर्भपछि नै बच्चा जन्मेको र उनको नाम स्लवाडोर राखिएको छ । स्लवाडोर अहिले नियोनेटल अस्पताल कै निगरानीमा रहेको छ ।

पोचुगलमा ब्रेनडेड महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो । सेकेरा अत्यन्त प्रतिभाशाली क्यानोइस्ट (नाविक खेलाडी) थिइन् । उनले आफनो देशको प्रतिनिधित्व पनि गरेका थिए तर उनलाई सानै उमेरदेखि दमको रोग थियो ।

सेकेरालाई आस्थामाघात हुँदा उनी १९ महिनाको गर्भवती थिइन् । दमको प्रभाव मस्तिष्कसम्म फैलिएकोले उनी कोमामा पुगेकी थिइन् । त्यसको केही दिनपछि डाक्टरहरुले उनलाई ब्रेनडेड घोषणा गरेका थिए ।
उनलाई ५६ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो ताकी उनको गर्भमा हुर्किरहेको बच्चालाई जीवित राख्न सकुन् ।

शुक्रबार सम्म प्रसुतीका लागि कुर्न चाहेको चिकित्सकहरुले बताए । शुक्रबार ३२ हप्ता पुरा हुन लागेको थियो । तर सेकेराको बिग्रँदो स्वास्थ्य स्थितिका कारण बिहिबार नै बच्चा जन्माइएको चिकित्सकहरुले बताए ।

अस्पतालका आचार समितिका प्रमुख फिलिप एल्मेडाले बच्चालाई आमाको गर्भमा जीवित राख्ने पैmसला परिवारसँग छलफलपछि लिइएको जानकारी दिए ।

उनले भने ( एक दाता हुनुको अर्थ मृगौला, फोक्सो वा मुटु मात्र दान गर्नु होइन । बच्चालाई जीवित राख्नका लागि उनले आफुलाई नै दान गरे । एक आमाको फैसलालाई चुनौती दिने अधिकार कसैलाई छैन ।

बच्चाको वजन १ दशमलव ७ किलोग्राम रहेको र उसलाई आगामी तीन हप्तासम्म अस्पतालमै राखिने जनाइएको छ ।

सेकेराकी आमा मारिया डे फेटिमा ब्रैन्कोले पोर्चुगल टेलिभिजनलाई उनले डिसेम्बर २६ मा नै आफनी छोरीलाई बिदाइ भनिसकेको बताएकी छिन् । बच्चालाई जीवित राख्ने फैसला भने उनका पिता बु्रनो सँधै पिता बन्न चाहने भएकोले लिइएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्