सिरियाली सङ्कटको राजनीतिक समाधान खोज्न साउदी राजाको आग्रह



French President Francois Hollande (R) and Saudi Crown Prince Salman bin Abdulaziz al-Saud are seen prior to their meeting at the Elysee Palace in Paris, September 1, 2014. REUTERS/Jacques Brinon/Pool (FRANCE – Tags: POLITICS ROYALS) – RTR44K2B

ट्युनिस ।
साउदी अरबले सिरियाली सङ्कटको राजनीतिक समाधान गर्न तयार रहेको साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले आइतबार बताउनुभएको छ ।
अरब लिग ९एएल० को ३० औँ शिखर सम्मेलनको उद्घाटन सम्बोधनमा साउदी राजा सलमानले गोलन हाइट्सबारे आएका अभिव्यक्ति जसले सिरियाली सार्वभौमसत्तामाथि प्रभाव पार्छ साउदी अरबका लागि स्वीकार्य नहुने बताउनुभएको हो ।
उहाँले कब्जामा रहेको गोलान हाइट्सबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा हालै गरेको घोषणाबारे पुनः विचार गर्न आग्रह गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको ठीक एक बर्षपछि गत हप्ता एउटा घोषणापत्रमा हस्ताक्षर गर्दै गोलान हाइट्समाथि इजरायली सार्वभौमिक अधिकारको मान्यता प्रदान गर्नुभएको थियो ।
राजा सलमान सम्बोधनमा पूर्वी जेरूसेलमलाई प्यालेटिनी राजधानी र वेष्ट ब्याङ्क र गाजा क्षेत्रलाई स्वतन्त्र प्यालेटाइनको मान्यता दिलाउने पक्षमा साउदी अरबको सहयोग रहने बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घलाई लिविया र यमनको द्वन्द्व अन्त्यका लागि पहल गर्न र अरब क्षेत्रको सुरक्षा र स्थायित्वका लागि इरान सिर्जित खतरालाई अन्त्य गर्न अन्तर्राष्ट्रिय पहल गर्न आग्रह गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्