डोसा अन्तर्राष्ट्रिय संजालका मालिकलाइ आजन्म कैद



नयाँदिल्ली,(एजेन्सी)
विश्वव्यापी भारतिय रेस्टुरेन्ट संजाल रहेको सारावाना भाभनका मालिक विरुद्धको हत्याको अभियोग सर्वोच्च अदालतले कायमै राखेको छ । सो रेस्टुरेन्ट विशेष परिकार डोसा रहेको छ । एकहत्तर वर्षिय पि राजागोपाल विरुद्ध आफ्नै एक कर्मचारीको हत्यो गरेको अभियोग ठहर भएको थियो ।
ति कर्मचारीकी पत्नीसंग विवाह गर्ने उद्देश्यले उनले सो हत्या गरेका थिए । एक स्थानिय अदालतले सन् २००९ मा राजागोपाल र अन्य पाँच जना मतियारलाई जनही आजिवन कारावास सुनाएको थियो ।

सारावाना भाभनको विश्वभरि असीवटा आउटलेट र हजारौं कर्मचारी रहेको छ । सर्वोच्चअदालतले शुक्रवार सो संजाय विरुद्धको अपिल माथि निर्णय दिएको हो । सन् २०१४ मा अमेरिकाको न्युयोर्क टाइम्सले जनाए अनुसार एकजना ज्योतिषको सल्लाह लिएपछि राजागोपाल ति महिलासंग जसरी भएपनि विवाह गर्ने मनस्थितीमा पुगेका थिए ।

सन् २००१ मा आफ्नो पति वेपत्ता भएपछि ति महिलाले राजागोपाल विरुद्ध उजुरी गरेकी थिइन् । उनको शव एउटा जंगलमा बरामद भएको थियो । पोष्टमार्टमपछि प्रहरीले उनको घाँटी थिचेर हत्या भएको जनाएको थियो ।
सन् २००३ मा ति महिलालाई पैसाको प्रलोभन दिने प्रयास गर्दा राजागोपाल पुन विवादमा तानिएका थिए । उनलाई शुरुमा स्थानिय अदालतले द वर्ष कैद सुनाएको थियो । तर पछि चेन्नाइ स्थित मद«ास उच्चअदालतले सो संजाय आजन्म कैदमा बदलेको थियो ।

प्रतिक्रिया दिनुहोस्