ट्रम्पको मेक्सिको सिमाना बन्द गर्ने धम्की



वासिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अवैध आप्रवासीहरु अमेरिका प्रवेश गर्ने क्रम रोकिएन भने मेक्सिकोसंग जोडिएको अमेरिकी सिमा नै बन्द गरिने बताएका छन् । यसरी सिमाना बन्द गरी आवागमन बन्द गरिँदा अर्वौं अमेरिकी डलर वरावरको व्यापारको मुल्य चुकाउनु पर्ने खतरा रहन्छ ।

अमेरिकामा शरणार्थी बन्ने उद्देशयले मेक्सिकोबाट नाजायज तरिकाले अमेरिका आउनेहरुको भिड बढ्न थालेपछि ट्रम्पले यो चेतावनी दिएका हुन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेज आव्राडोरले आफुलाई यस समस्याको वालविवादमा नतानियोस् भन्ने विचार प्रकट गरेका छन् ।

तर अमेरिकी विदेशमन्त्री मार्सेलो एवरार्डले ट्विटर मार्फत मेक्सिको अमेरिकाको एक असल छिमेकी भएकाले चेतावनीकै आधारमा त्यस्तो वयवहार नगरिने जनाएका छन् । शुक्रवार ट्रम्पले पत्रकारहरुलाई भनेका थिए , ‘ मैले आगामी साता सो सिमाना बन्द गर्ने आदेश दिनसक्ने ठूलो संभावना रहेको छ । त्यसपछि वल्ल राहत महशुस हुनेछ । मेक्सिको सरकार आफैले पनि आफ्ना जनतालाई सजिलैसंग अमेरिका आउनबाट रोक्न सकथे । तर त्यसो भएको छैन । ’

पछि ट्रम्पले ट्विटरमा ति आप्रवासीका कारण अमेरिकीकले थुपै्र आथिक लगायत हिंसा । अपराध र लागुऔषध सम्बन्धी समस्या भोगिरहनु परेको लेखेका थिए । तर मेक्सिको राष्ट्रपति लोपेज ओव्राडोरले अमेरिकामा मेक्सिकोका मात्र नभई अन्य मध्य अमेरिकी मुलुकहरुका जनता पनि आप्रवासीको रुपमा ओइरिरहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्