थाइल्यान्डमा आम निर्वाचन प्रारम्भ, असी प्रतिशत मत खस्ने अनुमान



बैंकक,(एजेन्सी)
थाइल्यान्डमा सन् २०१४ मा सैनिक विद«ोह भएयता पहिलो पटक आम निर्वाचन भएक ेछ । सेनाको र अपदस्थ गरिएका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकहरुबिचको द्वन्द्वको कारण थाइल्यान्डको राजनीति वर्षौंसम्म अस्थिर रहन पुगेको थियो ।

राजनिितक हस्तक्षेप गरी सत्तामा पुग्ना साथ सेनाले देशमा शान्ति सुरक्षा र प्रजातनत्रको पुनस्र्थापना गर्ने प्रतिवद्धता जनाएपनि पटक पटक आम चुनाव स्थगित हुन पुगेको थियो ।

राजनीतिक समिक्षकहरुले चुनावी परिणाम जस्तोसुकै निस्केपनि सेनाले लागु गर्ने नयाँ संविधान प्रभावकारी रहने बताउँछन् । थाइल्यानडमा यस चुनावका लागि ५ करोड भन्दा बढि वैधानिक मतदाता रहेका छन् ।

सरकारी अधिकारीहरुले ८० प्रतिशत भन्दा बढि मत खस्ने अनुमान गरेका छन् । पहिलो पटक १८ देखि २६ वर्ष उमेरका ७० लाख भन्दा बढि युवा युवतीले मताधिकार प्रयोग गरिरहेका छन् ।

तिनीहरुको मत नै पार्टीहरुको जितका लागि निर्णायक बन्ने बताइएको छ । चुनावको पुर्व सन्ध्यामा थाइ नरेश महा भाजिरालोन्गकोर्नले एउटा विज्ञप्ति जारी गर्दै चुनाव प्रक्रियाको दौरान शान्ति र सुरक्षाकायम राख्न आब्हान गरेका छन् ।
राष्टिय« टेलिभिजनमा शनिवार साँझ प्रशारित सो विज्ञप्तिमा मतदाताहरुलाई योग्य उम्मेदवारको समर्थन गर्न पनि अनुरोध गरिएको छ ।

पााच वर्ष लामो सैनिक शासन अर्थात जुन त सरकारको वावजुद पनि थाइ जनतालाई तिनीहरुको मताधिकार प्रयोग गर्ने अधिकार प्दान गरिएकाले जनता आफ्नो देशको भविष्य रोज्नमा दृढ रहेका देखिन्छन् ।

यस चुनावमा सेना र थाक्सिन समर्थित पार्टीहरुबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । सन् २००६ मा सेनाबाट अपदस्थ गरिएयता सिनावात्रा अधिकार दुरुपयोग गरेको अभियोगबाट बच्नका लागि स्वनिर्वासित जीवन बिताउँदै आएका छन् ।

तर अझैपनि ग्रामिण क्षेत्रका थुप्रै गरिब मतदाता प्रति प्रभाव रहेको छ । सन् २००१ देखि प्रत्येक चुनाव थाक्सिन समर्थित पार्टीहरुले जित्दै आएको इतिहास रहेको छ । यसपालिको चुनावमा थाक्सिन समर्थित प्रमुख पार्टी फ्यु थाइ रहेको छ ।

सन् २०१४ मा थाक्सिनकी बहिनी यिंग्लक सिनावात्रालाई अपदस्थ गर्न भएको सैनिक विद«ोहको नेतृत्व गरेका जनरल प्रायुथ चान ओचालाई हालै गठित सेना समर्थित पार्टी पालांग प्राचा राथ पार्टी ( पिपिआरपि ) ले प्रधानमन्त्रीका लागि एकमात्र उम्मेदवार खडा गरेको छ ।

यस चुनावमा देखा परेका अन्य प्मुख पार्टीमा पुर्व प्रधानमन्त्री अभिसित भेज्जाजिभाको नेतृत्वमा रहेको डेमोक्रेट तथा युवा टेलिकम उद्यमी अर्वपति थानातोर्न जुआन्ग्रुँनगु्रआन्कितको नेतृत्वमा रहेको नयाँ फ्युचर फरवार्ड पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्