बुर्ज खलिफामा न्युजिल्यान्ड प्रधानमन्त्रीको तस्वीर



दुबई (एजेन्सी)
न्युजिल्यान्डकी प्रधानमन्त्रीले क्राइस्टचर्चमा भएको हमलापछि जसरी देशको स्थितिलाई सम्हाले, त्यसको प्रससा विश्व भरी भइरहेका छ ।

पिडित परिवारसँग भेट्ने क्रममा प्रधानमन्त्री जेसिन्डा अर्डनले टाउको छोपेकी थिइन र उनले कालो लुला लगाएकी थिइन् । उनले पिडितहरुसँग अंकमाल गर्दै सान्त्वना दिएकी थिइन् । प्रधानमन्त्रीको उक्त तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो । दुबई स्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा शुक्रबार उक्त तस्वीर राखिएको थियो ।

युएईका प्रधानमन्त्रीले उक्त तस्वीर ट्विट गर्दै न्युजिल्यानडका प्रधानमन्त्रीलाई धन्यवाद दिँदै भेन– न्युजिल्यानड आज मस्जिद आक्रमणका पिडितहरुका लागि शान्त थियो । धन्यवाद प्रधानमन्त्री जेसिन्डा अर्डन र न्युजिल्यान्ड तपाईको गम्भिर समवेदना र समर्थनका लागि १ अर्ब ५० करोड मुस्लिमका मन जितेको छ । यो आतंकवादी हमलाले विश्वभरीका मुस्लिमलाई स्तब्ध पारेको छ ।

न्युजिल्यान्डकी प्रधानमन्त्रीको ब्यवहार र आतंककारी घटनापछि जुन परिपक्वताका साथ उनले स्थिति सम्हालेकी थिइन ,त्यसको सबैतिरबाट सराहना भइरहेको छ । जेसिन्डाले पिडित परिवारसँग मात्र भेटेको नभई, त्यतिबेला उनले कालो पहिरण पनि लगाएकी र मुस्लिम संंस्कृतिको सम्मानमा टाउको पनि छोपेकी थिइन् । उक्त घटनापछि न्युजिल्यान्ड पुरै शोकमा डुबेको छ । तर पिडित परिवारको मद्दतमा स्थानियहरु लगातार जुटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्