राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप मामिलाको जाँच पुरा



वासिङटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको २०१६ को चुनावी अभियानमा रुसी हस्तक्षेपको जाँच गरिररहेका विशेष वकिल रोबर्ट मुलरले आफनो प्रतिवेदन अमेरिकी न्याय विभागलाई सुम्पेको छ ।

उक्त प्रतिवेदनको कति हिस्सा अमेरिकी संसदसँग साझा गर्ने हो, यसको फैसला महान्यायधिवक्ता विलियम बर्रले लिनेछ । अमेरिकी संसदलाई लेखेको पत्रमा बर्रले संसदलाई जाँचको प्रमुख विन्दुको जानकारी आफुले यसै सप्ताहन्तसम्म दिन सक्ने उल्लेख गरेका छन् । मुलरले प्रतिवेदनका विषयमा कुनै जानकारी दिएको छैन ।

राष्ट्रपति चुनाव अभियानमा रुससँगको साँठगाँठ र उसको हस्तक्षेपको जाँचका लागि मुलरलाई २२ महिना लागे । ट्रम्प र उनका रिपब्लिकन सांसद उक्त जाँचमाथि प्रश्न उठाइरहेका थिए र यसलाई सुनियोजित तरिकाले ट्रम्पको बदनाम गर्ने षडयन्त्र भएको बताइरहेका थिए ।

अमेरिकी संसदको न्यायिक समितिका सदस्य लिन्डसे ग्राहम, जिएन फिएन्स्टिन, जेराल्ड नेडलर र डग कलिन्सले संसदलाई लेखेको पत्रमा बर्रले जाँचका क्रममा न्याय विभागले मुलरलाई कारवाही नगर्न आदेश दिएको, जस्ता कुनै मामिला नभएको पुष्टि गरेका छन् ।

अब यस प्रतिवेदनलाई लिएर उप महान्याधिवक्र र मुलरले कति र कुन हिस्सा संसद र आम जनताका लागि सार्वजनिक गर्न उपयुक्त हुन्छ भन्ने विषयमा सरसल्लाह गर्ने बताए ।

यसअघि यसै महिनााको शुरुवातमा अमेरिकी प्रतिनिधि सभाले सर्वसम्मतिबाट प्रस्ताव पारित गरी मुलरको पुरै प्रतिवेदन सार्वजनिक गर्नु पर्ने बताएको थियो । प्रस्तावमा पुर्ण पारदर्शिता अपनाउनु पर्ने र ह्वाइट हाउसलाई हस्तक्षेप गर्न अनुमति दिन नुहने उल्लखे गरिएको थियो ।

यसैबिच अमेरिकी कंग्रेसमा डेमोक्र्याटले मुलरको पुर्ण प्रतिवेदन सार्वजनिक गर्न आह्वान गर्दै त्यसको लागि संघर्ष गर्ने भएको छ । प्रतिवेदनमा ३४ जना माथि आरोप लगाइएको बताइएको छ । डेमाक्र्याटस्ले प्रतिवेदनको पारदर्शिताका लागि र बर्रलाई सकेसम्म बढी जानकारी सार्वजनिक गर्न दबाव दिइरहेका छन् ।

कंग्रेसका सभामुख नेन्सी पेलोसीले बर्गिकृत जानकारीको विरोध गर्ने बताएकी छिन् । न्याय विभागबाट दिने कुनै पनि जानकारी पुर्ण हुनु पर्ने उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्