भवन निर्माणमा चीनको बेग्लै चमत्कार



काठमाडाैं । अनेक विचित्र र नयाँ–नयाँ प्रयोग गर्न माहिर चीनले आफ्नो इन्जीनियरिङको अर्काे नमुना पेश गरेको छ । केही समय अगाडि विश्वकै लामो समुद्री बाटो बनाएर समुद्रबाट चीन र हङकङको भूमि जोड्न सफल चीनले हालै तेर्सो भवन निर्माण गरिरहेको छ । गगनचुम्बी चारवटा भवनमाथि अर्काे भवनलाई तेर्साे रुपमा रँख्दैछ । यस प्रोजेक्टको नाम चोंङकिङ हो ।

सामान्तया गगनचुम्बी भवन ठाडो हुने गर्दछ, तर यो विचित्रको भवन तेर्साे बनाइएको छ । आड दिनका लागि तलबाट चारवटा ठाडो भवन ठड्याइएको छ । २५० मिटर लामो यस भवनमा १४०० अपार्टमेन्ट, एक लक्जरी होटल र १.६० लाख वर्गमिटरको ठूलो अफिस स्पेश समेत रहेको छ । यस भवनलाई क्रिस्टल नाम दिइएको छ । यस भवन निर्माणमा ६ बर्ष लागेको छ भने ४४ खर्ब रुपैयाँ लागत लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्