टर्की ।
टर्कीको इश्तानबुल शहरको मध्य क्षेत्रमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार विहानै भएको इस्तानबुलको यूरोप क्षेत्रमा रहेको पाँचतले भवनमा आगलागी भएको टर्कीको हुर्रियत दैनिकले जनाएको छ ।
आगलागी नियन्त्रण गर्न तत्काल पुगेको उद्धारकर्मीको समूहले घटनास्थलबाट दुई जना मृत अवस्थामा र तीन जनालाई आगोले जलेर सख्त घाइते बनेको अवस्थामा उद्धार गरेको थियो । घाइतेमध्ये दुई जनाको उपचारको क्रममा निधन भएको र एक जनाको उपचार भइरहेको उक्त दैनिकले अधिकारीलाई उद्धृत गरी लेखेको छ ।
इस्तानबुलमा गत महिना एउटा आठतले भवन भत्किँदा कम्तिमा २१ जनाको मृत्यु भएको थियो ।
रासस











प्रतिक्रिया