ब्रोइलर चल्ला नष्ट



कपिलवस्तु, (नेस)
भारतबाट अवैध रुपमा लुकीछिपी ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय बहादुरगन्जले ७ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ । सहायक प्रहरी निरीक्षक नन्दलाल भारतीको कमान्डमा खटिएको प्रहरी टोलीले गस्तीका क्रममा कृष्णनगर नगरपालिका ८ जमुनीबाट चल्ला बरामद गरेको हो ।

टाउकोमा बोकेर जमुनी गाउँको पँर्व खेतैखेत लुकीछिपी लैजाने क्रममा चल्ला बरामद गरिएको सहायक प्रहरी निरीक्षक भारतीले बताउनुभयो । प्रहरी टोलीलाई देखेपछि छोडेर भागेपछि बेवारिसे अवस्थाबाट बरामद गरिएको उहाँले बताउनुभयो ।

बरामद गरिएको चल्ला नेपाली बजार मँल्य अनुसार ४५ हजार ५ सय पर्ने बताइएको छ । प्रहरीले बरामद गरिएका चल्ला पशु क्वारेन्टाइनका प्रतिनिधि असर्फी यादव, वडाध्यक्ष नँर मोहम्मद, स्थानीय समाजसेवी, मानवअधिकारकर्मी, सञ्चारकर्मीको रोहबरमा प्रहरी परिसरमा खाल्डो खनी नष्ट गरिएको भारतीले जनाउनुभयो । ‘पन्छाीजन्य वस्तु नेपाल भित्र्याउने सरकारले प्रतिबन्ध लगाएकाले चल्ला बरामद गरेका हौं,’ कार्यालय निमित्त प्रमुख भारतीले बताउनुभयो ।

दुई दिनअघि मात्र सशस्त्र प्रहरी बल ३९ नम्बर गुल्म कृष्णनगरले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गर्दा ४ लाख बराबरको ब्रोइलर चल्ला बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्