पेट्रोलियम पाइपलाइनको काम दुई महिना पर धकेलियो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजानअन्तर्गतको ९ किलोमिटर क्षेत्रको रुख कटानको काम फागुनको तेस्रो हप्ताबाट मात्रै शुरू हुने भएको छ ।

३६ दशमलव २ किलोमिटर पाइपलाइनमध्ये ९ किलोमिटर जंगल क्षेत्रमा पर्ने वन क्षेत्र रहेको छ । उक्त वन क्षेत्रमा रहेका ६ हजार ५ सय ६३ रुख कटानको काम शुरू हुने भएसँगै परियोजनाले पुनर्जीवन पाउने भएको छ ।

परियोजनाले मार्चबाट तेल ल्याउने तयारी गरेको भए पनि कटान गर्न ढिला भएका कारण रक्सौल–अमलेखगन्ज पेट्रोलियम पदार्थको निर्माण सम्पन्न गर्न दुई महिना पर सरेको छ । रुख कटानको सरकारी प्रक्रिया पँरा गर्नुपर्ने र त्यसका निम्ति ढिलाइ हँुदा आयोजनाको परियोजनाको अवधि पर धेकेलिएको हो । मार्चबाट सञ्चालनमा आउने भनिएको परियोजना मे महिनामा धकल्लिएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाल टिम्बर कर्पोरेसनले रुख कटानको लागि माघ ८ मा सँचना प्रकाशित गरेको थियो । आगामी सोमबारसम्म रुख कटानको लागि ठेकदार तोकिने परियोजना प्रमुख प्रदीप यादवले बताउनुभयो ।

‘टिम्बर कर्पोरेसनले सोमबारसम्म ठेकेदारको निर्कोल गर्नेछ, त्यसपछि रुख कटानको काम शुरु हुन्छ ।’ यादवले भन्नुभयो।

माघ महिनाको पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकलले ६ हजार ५ सय ६३ रुख कटानको लागि स्वीकृत दिएको थियो । पाइपलाइनको रुटमा पर्ने वन क्षेत्रका कटान गर्नुपर्ने रुखको लगत जिल्ला वनकार्यलय पर्साले संकलन गरेको छ । पाइपलाइन विस्तार गर्नुपर्ने क्षेत्रमा पर्ने जंगल क्षेत्रको साढे आठ किलोमिटरको क्षेत्रमा रहेका कटान गर्नु पर्ने रुखको लगत संकलन गर्न ३ महिना अगाडि लगत शुरु गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्