सानिमाका दुई शाखा थप



काठमाडौं, (नेस)
सानिमा बैंकले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा विस्तार गरेको छ। दुवै शाखाको सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो।
नयाँ शाखासँगै सानिमा बंैकका ७६ वटा शाखा सञ्जाल तथा ७२ वटा एटीएम रहेका छन्। गत असारमसान्तको लेखापरीक्षणअनुसार बैंकको पँुजीकोष १२ दशमलव ४१ प्रतिशतm निष्क्रिय कर्जा शून्य दशमलव शून्य ३ प्रतिशत र कर्र्जा निक्षेप अनुपात ७७ दशमलव २० प्रतिशत रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्