प्रभु लाइफ इन्स्योरेन्सका तीन शाखा थप



काठमाडौं, (नेस)
प्रभु लाइफ इन्स्योरेन्सले नेपालगन्ज, घोराही र बुटवलमा नयाँ तीन शाखा कार्यालय स्थापना गरी कारोबार शुरू गरेको छ। तीनवटै शाखा कम्पनीका अध्यक्ष डा। आत्माराम घिमिरेले उद्घाटन गर्नुभएको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कम्पनीको बीमा नीति र आगामी दिनमा कम्पनीले ल्याउन लागेका योजनाका बारेमा प्रकाश पार्नुभएको थियो।

दुई अर्ब चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपियाँ लगानी गरेका छन्। त्यस्तै कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपियाँबराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्