अब सातै प्रदेशबाट श्रम स्वीकृति



काठमाडौं, (नेस)
सरकारले प्रदेशबाट नै श्रम स्वीकृति दिने निर्णय अनुरुप बुधबारदेखि विराटनगरबाट पनि श्रम स्वीकृति जारी गर्ने भएको छ ।

मन्त्रालयले आन्तरिक तयारी पँरा गरी श्रम स्वीकृत गर्नेछ, यसका लागि प्राविधिकसहित कागजी प्रक्रिया पँरा भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भनाइ छ । सरकारले बुधबारबाट १ नम्बर प्रदेशमा श्रम स्वीकृति प्रदान गरेसँगै ७ वटै प्रदेशबाट वैदेशिक रोजगारीमा जानका लगि प्रदेशबाट श्रम स्वीकृतिका लिन पाउने छन् ।

यसअघि कामदारले श्रम स्वीकृत लिनको लागि राजधानीमानै आउनुपर्ने बाध्यता रहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको सुर्खेत र सुदँरपश्चिम प्रदेशको धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन काम थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्