एमएडब्लुले ल्यायो नयाँ स्कोडा अक्टाभिया



काठमाडौं, (नेस)
नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको बिक्री शुरु गरेको छ । स्कोडा अक्टोभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन ट्रिम र आठ फरक इन्जिन अप्सन तथा ट्रान्समिसनमा उपलब्ध छ ।
नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पिड डीएसजी गियरबक्स रहेको १ दशमलव ८ लिटरको टीएसआई इन्जिन रहेको छ जसले अधिकतम १८० बीएचपी शक्ति उत्पन्न गर्छ ।

त्यसैगरी, पेट्रोल भेरियन्टकै ६ स्पिड डीएसजी गियरबक्सजडित १ दशमलव ४ लिटरको टीएसआई इन्जिनले अधिकतम १५० बीएचपी शक्ति उत्पन्न गर्छ । २ लिटरको डिजेल इन्जिनले अधिकतम् १४३ बीएचपी ऊर्जा उत्पन्न गर्छ । टप स्पेक भर्सनको अक्टाभिया ‘एल एन्ड के’ मा ८ वटा एयरब्याग छन् भने ‘स्टाइल’ र ‘एम्बिसन’ भर्सनमा क्रमशः ६ र चार एयरब्याग छन् ।

अक्टाभियाको सबै ट्रिममा एबीए (एन्टि लक ब्रेक), इबीडी (इलेक्ट्रोनिक ब्रेक डिस्ट्रिब्यसन) र ट्रयाक्सन कन्ट्रोल जस्ता विशेषता उपलब्ध छन् ।
पेट्रोल पावर्ड बेस अप्सन अक्टाभिया ‘एम्बिसन’को मँल्य ७१ लाख रुपियाँ तोकिएको छ भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मँल्य एक करोड २ लाख रहेको छ ।

त्यस्तै डिजेल पावर्ड अक्टाभिया ‘एम्बिसन’को मँल्य ९१ लाख रुपियाँबाट शुरु भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपियाँ रहेको छ । न्यु स्कोडा अक्टोभियाको स्वरुपमा सिग्नेचर बटर फ्लाई ग्रिलको डिजाइनलगायत अन्य ठोस सुधार गरिएको छ । नयाँ अक्टाभिया हालसम्मकै स्टाइलिस अक्टाभिया हो । नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ । यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ ।

न्याँ कारमा आठ इन्च ठँलो रंगीन इन्फोटेन्मेन्ट टचस्क्रिन जडान गरिएको छ, जसलाई एपर कारप्ले वा एन्ड्रोइड अटो र मिरर लिंकमार्फत मोबाइल फोनसँग कनेक्ट गर्न सकिन्छ । टचस्क्रिनको टच सेग्मेन्टमै सबैभन्दा ‘स्मुथेस्ट’ रहेको छ । अक्टाभियामा पार्क असिस्टको सुविधा समेत छ जसले पार्किङलाई सहज र आरामदायी बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्