मेलम्चीको ठेकेदार सीएमसीले अर्बाै तिर्न बाँकी



काठमाडौं, (नेस)
मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकदार कम्पनी सीएमसीसँगबाट नेपाली ठेकेदारले अर्बौं रुपियाँभन्दा बढी भुक्तानी लिन बँँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिअनुसार विदेशी कम्पनीले नेपालीको भुक्तानी नदिँदा स्वदेशी निर्माण व्यवसायीलाई ठँलो मार परेको उल्लेख छ ।

निर्माण सामग्री सप्लायर्स, मजदुर तथा स्थानीय व्यापारीले लिएको बैंकको ऋण हर्जाना र साहुको ऋण तिर्न नसकी घरबार लिलामीमा समेत जाने अवस्था सिर्जना भएको महासंघको भनाइ छ । सरकारले अभिभावकको भँमिका निर्वाह गरी कम्पनी वा अन्य स्रोतबाट भुक्तानीको प्रत्याभँति गराउन महासंघले विज्ञप्तिमार्फत माग गरेको छ ।

नेपाली निर्माण कम्पनीलाई बेवास्ता गर्दै विदेशी निर्माण कम्पनीबाट सञ्चालित ठँला निर्माण आयोजना बीचमा नै अलपत्र परेको सन्दर्भमा यसबाट पाठ सिक्दै भविष्यमा यस्ता ठँला आयोजनाको कार्य गराउँदा स्वदेशी निर्माण व्यवसायीहरुलाई संलग्न गराउन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्