महिन्द्रा योभो ४१५ डीआई ट्याक्टर बजारमा



काठमाडौं, (नेस) चितवनमा आयोजित तेस्रो एग्रोेटेक अन्तर्राष्ट्रिय प्रदर्शनी २०१९ मा महिन्द्रा योभो ४१५ डीआई ट्याक्टर लन्च गरिएको छ।
नयाँ युगको एस महिन्द्रा योभो ४१५ डीआईले खेतीमा नयाँ सम्भावना खोल्नेछ । यसमा प्रयोग भएको नयाँ प्रविधिहरु जस्तै शक्तिशाली ४ सिलिन्डर इन्जिन, नयाँ विशेषता भएको ट्रान्समिसन तथा हाइड्रोलिक्सले एसको गुणस्तरता सुनिश्चित गर्दछ।

महिन्द्रा योभो ४१५ डीआईमा भएको ऊच्च लिफ्ट क्षमता, समायोज्य डिलक्स सिट, स्पस्ट लेन्स हेडलाइट्स जस्ता उत्कृष्ट सुविधाहरूले यस ट्याक्टरलाई अरुभन्दा भिन्न र उत्कृस्ट बनाएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार हरेक व्यक्तिको विभिन्न आवश्यकतालाई ध्यानमा राखी बनाइएको महिन्द्रा योभो ४१५ डीआईले ३० भन्दा बढी कार्यहरु गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्