आन्दोलनमा उत्रिने निजी क्षेत्रको चेतावनी



वीरगन्ज, (नेस)
उद्योग व्यापार क्षेत्रका समस्या सामधानका लागि संघीय सरकारले चासो नदेखाए निजी क्षेत्र आन्दोलनमा उत्रिने वीरगन्ज उद्योग वाणिज्य संघले चेतावनी दिएको छ। हालै नयाह् नेतृत्व पाएको वीरगन्ज उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या सामधान गर्न माग गर्दै सरकारलाई आन्दोलनको चेतावनी दिएको हो।

अस्थिर र बैंकको बढ्दो व्याजदर, विद्युत् महशुलमा अप्रत्याशित वृद्धि, अव्यवहारिक श्रम ऐनलगायत कारणले उद्योग व्यपार क्षेत्र धराशायी हुह्दै गएको निष्कर्ष वीरगन्ज उद्योग वाणिज्य संघको छ। यी समस्याको सामधान गर्न सरकारसह्ग माग गर्दै संघले समस्या सामधानका लागि सरकारले चासो नदेखाए निजी क्षेत्र बाध्य भएर आन्दोलनमै उत्रिने चेतावनी दिएको हो। संघका अध्यक्ष गोपाल केडियाले हालै नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरको विद्युत् महशुलमा ६० देखि ७५ प्रतिशतसम्म वृद्धि गरेको भन्दै यसले औद्योगिक वातावरण नै खल्बलिएको बताउनुभयो।

बैंक तथा बित्तीय संस्थाले अस्वभाविक रूपमा गरेको व्याजदर वृद्धिबाट पनि उद्योग व्यापारमा नकारात्मक प्रभाव परेको संघले जनाएको छ। बैंक तथा वित्तीय क्षेत्रले उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई राहत प्रदान गर्न सहजीकरणको भूमिका खेल्नुपर्नेमा त्यसको विपरीत एकपटकमा ठूलो प्रतिशतमा व्याजदरमा भएको वृद्धिले समग्र निजी क्षेत्रलाई हतोत्साहित तुल्याएको संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्