जगदम्बाको जगशक्ति गोल्ड टीमएटी छड बजारमा



काठमाडौं, (नेस)
जगदम्बा इन्टरप्राइजेजले नयाह् उत्पादन जगशक्ति गोल्ड टीमएटी छड बजारमा ल्याएको छ। जगदम्बाले आफ्नो नयाह् उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली० लाई नियुक्त गरेको छ।
जगदम्बा सम”हका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरू अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावनादूतहरू सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टीएमटी बार सार्बजनिक गरे। जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रतिमेट्रिक टन बिक्रीबाट २० रुपियाह् उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा घोषणा गर्नुभयो। उक्त सहयोग २ वर्षसम्म उत्पादन हुने जगशक्ति गोल्ड छडको बिक्रीबाट उपलब्ध गराइने छ। कार्यक्रममा सद्भावना दूत धुर्मुसले आफूले घोषणा गरेको रंगशाला निर्माण गर्न सबैसह्ग सहयोगको आग्रह गर्नुभयो।

जगदम्बा इन्टरप्राइजेजले आफ्नो नयाह् उत्पादन जगशक्ति गोल्ड बजारमा आएका छडमध्ये उत्कृष्ट रहेको दाबी गरेको छ। कम्पनीका प्राविधिक परामर्शदाता एस राजामनीले जगशक्ति गोल्ड फे ५०० डी टिएमटी छड परम्परागत प्रणालीबाट उत्पादित बारभन्दा उच्च गुणस्तरीय हुने बताउनुभयो। राजामनी भारतको चर्चित टाटा स्टिलमा काम गरिसकेका बरिष्ठ प्राविधिक हुन्। यस छडमा सल्फर र फसफोरसजस्ता अशुद्ध तत्वलाइ शून्य दशमलव शून्य ६ भन्दा कम गराइएको हुन्छ,’ उहाह्ले भन्नुभयो– ‘फे ५०० डी श्रेणीका टीएमटी छड साधारण श्रेणीका छडभन्दा उच्च लचिला हुन्छन्। यसलाइ उत्पादन गर्दा उच्च नियन्त्रण भएको थर्मो केमिकल ट्रिटमेन्टबाट बनाइन्छ। डि श्रेणीका छडहरू भूकम्प प्रतिराधात्मक र यान्त्रिक रूपमा पूर्ण सक्षम हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्