निगमको काठमाडौं–जापान सीधा उडान



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले जापान उडान गर्ने भएको छ। सन् २०१९ को फेब्रुअरीको अन्त्यसम्म उडान गर्ने गरी गृहकार्य थालेको निगमले जनाएको छ। निगमले नयाह् दुईवटा एयरबस ३३०–२०० वाइडवडी विमान ल्याएसह्गै जापान कोरिया र साउदी अरेबियामा उडान थाल्ने जनाउह्दै आएको थियो। यता, निगमले भने केही प्राविधि तयारी नपुगेको भन्दै हालसम्म नयाह् गन्तव्यमा उडान भर्न सकेको छैन।

जापानबाट वायुसेवा उडान अनुमति पत्र पाएसह्गै उडान गर्ने निगमका सहायक प्रवत्ता नवराज कोइरालाले बताउनुभयो।‘निगमले अनुमतिपत्रको लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ, जापानबाट उडान अनुमति पत्र पाएसह्गै उडान भर्ने तयारी रहेको छ।’ कोइरालाले भन्नुभयो। उहाह्का अनुसार फेबु्रअरी दोस्रो साता जापानबाट उडान अनुमति पाउने अनुमान निगमको छ, त्यसको एक महिनापछि उडान भर्ने निगमको तयारी रहेको छ। निगमले ११ वर्ष अगाडि विमानको अभाव देखाउह्दै वि।सं। २०६४ बाट उडान बन्द गरेको थियो। नागरिक उड््डयन प्राधिकरणले भने निगमलाई नेपालको तर्फबाट जापान उडानको लागि वायुसेवा सञ्चालन ९एओसी० अनुमति पत्र दिएको छ।

‘जापान र ओसाका उडानको लागि अनुमति पत्र दिएको छ, यसले निगमलाई जापानबाट पनि अनुमतिपत्र पाउनको लागि सहज हुनेछ।’ प्राधिकरण उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो। यसअघि निगमले उडान गरेको भए पनि हरेक २ वर्षमा अनुमति पत्र नवीकरण गर्नुपर्ने प्रावधान अनुसार विगत ११ वर्षबाट निगमले उडान नगरेकाले हालको अवस्था र कागजी प्रक्रिया पूरा गरेर अनुमति पत्र दिएको पोखरेलको भनाइ छ। जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः सञ्चालन गर्ने बारे निगम र जापानी टोलीका उच्च पदाधिकारीबीच करिब दुई महिना अगाडि सकरात्मक छलफल भएको थियो।

यससह्गै निगमले जापानमा उडान गर्ने तय भएको थियो। जापानमा जीएसए नियुक्ति भने गरिएको छैन फाइल एजेन्टको नियुक्ति अन्तिम चरणमा पुगेको निगमले जानएको छ। निगमले जापानको लागि स्टेसन म्यानेजर सन्तोष पाण्डेलाई नियूतिm गरिसकेको छ। नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता गत असारमा पुनारावलोकन भएको थियो। हवाई सम्झौतासह्गै नेपाल र जापानबीच सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति भएको छ। नयाह् सम्झौतामा जापानको हनेडा विमानस्थल बाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सम्झौतामा उल्लेख छ।

यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो। वार्षिक १० हजार विद्यार्थी जापान अध्ययनको लागि जाने गरेको सरकारी तथ्यांक छ भने ८० हजारभन्दा बढी नेपाली विभिन्न पेसा व्यवसाय बनाएर जापान बसोबास गर्दै आएका छन्। सन् २०१८ तथ्यांकअनुसार ३० हजारको हाराहारीमा जापानी नागरिक नेपाल भ्रमणमा आउने गरेका छन्। हाल नेपाल जापान सिधा हवाई मार्गले जोडेको छैन। निगमले चीनको ग्वान्जाओमा चाह्डै उडान भर्ने तयारी थालेको जनाएको छ। चाइनाको ग्वान्जाओमा जनरल सेल्स एजेन्ट ९जीएसए० नियुक्त भएर नेपालमा सम्झैता गरेर गइसकेको छ।

चाइनाको ग्वान्जाओमा जनरल सेल्स एजेन्ट ९जीएसए० नियुक्त भएर नेपालमा सम्झौता गरेर गइसकेको छ। निगमले ग्वान्जाओमा भने मार्चमा उडान भर्ने गरी तयारी थालेको छ। निगमका उपनिर्देशक शैलेश कंसाकारलाई स्टेसन मेनेजरमा समेत नियुक्ति दिएको छ। चीनबाट पनि वायुसेवा सञ्चालन अनुमति प्राप्त गरेपछि निगमले उडानको तयारी तीव्र पार्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्