आइस क्लाइम्बिङ फेस्टिभल हुँदै



काठमाडौं, (नेस)
जुनसुकै मौसममा पनि ‘आइस क्लाइम्बिङ’ गर्न सकिने सन्देश प्रवाह गर्नको लागि पहिलोपटक नेपालमा ‘आइस क्लाइम्बिङ फेस्टिभल २०१९’ हुने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र लक्ष्यका साथ फेस्टिभल आयोजना गर्न लागिएको आयोजक नेपाल क्लाइम्बिङ टिमले जनाएको छ। ९ दिनसम्म आयोजना हुने फेस्टिभल माघ १९ गतेदेखि २७ गतेसम्म मनाङको हुम्डेमा हुने भएको हो। ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ लाई समेत सफल पार्ने फेस्टिभल सार्थक हुने विश्वास आयोजकले लिएको छ।

फेस्टिभललाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ। नेपालमा सहासिक पर्यटन प्रवद्र्धन गर्न र नेपालको प्रचारप्रसार गर्नको लागि फेस्टिवल कोसेढुंगा सावित हुने आयोजक नेपाल क्लाइम्बिङ टिमका विष्णु तामाङले बताउनुभयो। उहाँले फेस्टिवलले नेपाललाई संसारकै प्रमुख आइस क्लाइम्बिङ गन्तव्यमा विकास गर्ने विश्वास दिनुभयो।

प्रतिक्रिया दिनुहोस्