अब ब्रोकरमार्फत नै मार्जिन कारोबार ऋण



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कार्र्य कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिनुका साथै यससम्बन्धी अन्य व्यवस्थासमेत गरिएको जनाएको छ। अर्थ मन्त्रालयद्वारा गठित मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनका लागि नयाँ व्यवस्था गरिएको बोर्डले जनाएको छ।

धितोपत्रको दोस्रो बजारमार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरूप मार्जिन कारोबार सुविधा उपलब्ध गराउने, दोस्रो बजार कारोबारमा तरलता अभिबृद्धि गर्ने तथा धितोपत्र दलाल व्यवसायको दायरा विस्तार गर्ने उद्देश्यले मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ तर्जुमा कार्यान्वयन भइनसकेको सन्दर्भ बोर्ड धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धमा देहाय नयाँ व्यवस्था गरेको जनाएको छ। बोर्डले धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने मार्जिन कारोबार सुविधासम्बन्धी व्यवस्था धितोपत्र नियमन निकायको दायराभित्र पर्ने परिप्रेक्ष्यमा धितोपत्र दलालले मार्जिन कारोबार सुविधाअन्तर्गत ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर सम्बन्धमा धितोपत्र दलाल र ग्राहकबीच हुने सम्झौतामा उल्लेख भएबमोजिम हुने व्यवस्था गनरेको छ।

शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै धितोपत्र दलालले मार्जिन कारोबार सुविधा उपलब्ध गराएवापत ग्राहकसँग लिने ब्याजको दरबारे बोर्ड र नेप्सेलाई पूर्व जानकारी गराउने व्यवस्था गरेको उल्लेख गरेको छ। त्यस्तै धितोपत्रको मार्जिन कारोबार सुविधाका विविध पक्षबारे सुसूचित नभई लगानी गरेमा मार्जिन कारोबार जोखिमपूर्ण हुने हुँदा यो सुविधा लागू गर्नुअघि यस सम्बन्धमा लगानीकर्तालाई पर्याप्त जानकारी दिन नेप्सेले सचेतनामूलक कार्यक्रम संचालन गर्ने साथै धितोपत्र दलाल व्यवसायीमार्फत समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने भएको छ।

मार्जिन कारोबार सुविधाको कार्यान्वयनलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन मार्जिन कारोबारको सुपरीवेक्षण व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन अति आवश्यक रहेकाले धितोपत्र बजारको अग्रपंक्तिको नियमन निकायको रूपमा रहेको नेप्सेले मार्जिन कारोबारको नियमित र सघन रूपमा सुपरीवेक्षण÷अनुगमन गर्ने बोर्डले जनाएको छ। मार्जिन कारोबार सुविधा अभ्यासमा आएपश्चात मार्जिन कारोबारको लागि धितोपत्र दलालले ग्राहकलाई उपलब्ध गराउने ऋणको ब्याजदर सम्बन्धमा कुनै अस्वाभाविक स्थिति आएमा बोर्डले आवश्यक हस्तक्षेप ९इन्र्टभेन्सन० तथा नियमन÷सुपरिवेक्षण गर्ने समेत व्यवस्था गरिएको छ।

बोर्डको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४ र नेप्सेले बनाएको मार्जिन कारोवार सुविधासम्बन्धी कार्यविधि, २०७५ सहित मार्जिन कारोबार सुविधा सम्बन्धमा बोर्डले गरेका व्यवस्थाबारे नेपाल राष्ट्र बंैकलाई जानकारी गराउने उक्त बोर्ड बैठकको निर्णयानुसार सो बैंकलाई पत्रमार्फत समेत जानकारी गराइएको धितोपत्र बोर्डले जनाएको छ। धितोपत्र बजारमा मार्जिन कारोवार सुविधा उपलव्ध भए पश्चात धितोपत्र व्यवसायको कार्य दायरा ९स्कोप अफ वर्क० विस्तार हुने, लगानीकर्तालाई एकै ठाउँ ९वन स्पट० बाट कारोबारसम्बन्धी सेवा प्राप्त हुने तथा दोस्रो बजार कारोबारमा तरलता अभिवृद्धि भई समग्र धितोपत्र बजारको विकास÷विस्तार हुने अपेक्षा रहेको बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्