विश्वभर एक करोड पल्सर प्रयोगकर्ता



नेपाल समाचारपत्र, काठमाडौं
बजाजले भारतीय बजारमा सन् २००१ मा प्रवेश गरेको थियो। बजाज भारतीय बाइक प्रयोगकर्ताका लागि लामो समयदेखिको बाइकिङ मज्जा उठाउने इच्छा पूरा गर्न र वास्तविक बाइकिङ अनुभव बटुल्ने ब्राण्ड बनेको हो।

कम्पनीका अनुसार पल्सर रोमाञ्चक अनुभव बटुल्न, उत्साह बढाउन र बाइकिङको मज्जा उठाउने उद्देश्यले डिजाइन गरिएको थियो। यसले बाइक चालकहरूको मन जित्न सजिल्लै जित्न सफल भयो र प्यासोनेट राइडरको वृद्धि गर्न अहंम् हिस्सा बन्यो।भारतीय नागरिकको स्पोर्ट बाइकप्रतिको दृष्टिकोण परिवर्तन भएपछि पल्सरले विदेशमा बजार विस्तार ग¥यो।बजाजले हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालि ९एचएच बजाज० बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरकसँगको सहकार्यमा २००२ मा पल्सरको उद्घाटन गरेको थियो।

नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएको कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढिरहेको नेपालमा युवाले पल्सरलाई निकै रुचाएको।

आधुनिक डिजाइन र उच्चप्रदर्शन, एचएचबजाजमार्फत सहज पहुँचले गर्दा ८८ थ्री एस ९सेल्स, सर्भिस र स्पेयर० डिलर र २ सय ५०भन्दा बढी सेवासहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइकभन्दा बढी लोकप्रियता कमायो। यो पल्सरका लागि नेपाल र भारतमा सफलता र नेतृत्वको अविश्वासनीय यात्रासमेत रहन पुग्यो। अहिले नेपालमा मात्र नभएर संसारमा ३० भन्दा बढी देशमा १० मिलियन अर्थात एक करोड सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्रान्ड बन्न पुगेको कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्