खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी



काठमाडांै, (नेस)
नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्न मन्त्रिपरिषद्ले स्वीकृत दिएको छ। मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
राष्ट्रिय आपूर्ति कम्पनी लिमिटेड गठनको लागि सरकारले आर्थिक वर्ष २०७५÷७६को बजेट वक्तव्यमा उल्लेख भए बमोजिम आपूर्ति मन्त्रालयले प्रस्ताव पठाएको थियो।
बजेटमा भनिएको छ ,खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रूपमा पुनर्सरचना गरी नेसनल टेड्रिङको सम्पत्ति र दायित्व यसै कम्पनीमा गाभिने छ। यस कम्पनीमार्फत राज्यले तोकेको सर्मथन मूल्यमा खाद्य वस्तु खरिद गर्ने र त्यस्ता वस्तुको सुलभ आपूर्ति सुनिश्चित गर्न प्रबन्ध मिलाउनेछ।

दुर्गम क्षेत्रमा खाद्यान ढुवानी गर्न रकम विनियोजन गरे बमोजिम उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रलयले राष्ट्रिय आपूर्ति कम्पनीको गृहकार्य थालेको मन्त्रालयले जनाएको छ। कम्पनीको पँुजी शेयरमा परिणत गरिने छ। स्वमित्तव भने नेपाल सरकारकै रहने छ।

प्रतिक्रिया दिनुहोस्