काठमाडौं, (नेस)
बैंक अफ काठमाण्डूको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सिङ रिर्पोटिङ स्टान्डर्स बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साधारणसभाले २०७४÷७५ सम्मको सञ्चित मुनाफाबाट २०७५ असारसम्ममा कायम गरेको शेयर पुँजीको १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।












प्रतिक्रिया