अरूण तेस्रोमा बढी अधिग्रहण गरिएको जग्गााको मुआब्जाको माग



काठमाडौं, (नेस)
अरूण सरोकार मञ्च तथा अरूण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष समितिले २०४५ सालमा अधिग्रहण गरेको जग्गाभन्दा हाल लगत कट्टा गर्दा बढी अधिग्रहण गरिएको जग्गााको मुआब्जाको माग गरेकोे छ। १ खर्ब ४ अर्ब रुपियाँको लागतमा संखुवासभामा निमार्णाधीन आयोजनाले राष्ट्रि«य गौरवको आयोजनाको नाममा स्थानीय जनतालाई सुकम्बासी बनाउन खोजेको भन्दै पीडित संघर्ष समितिल आपत्ति जनाएको छ।
संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै २०४४÷०४५ सालमा मुआब्जा वितरण गर्दा सरकारको लापरबाहीले गर्दा छुट भएका जग्गाको मुआब्जा पाउनुपर्ने पनि माग गरेको छ। समितिले २०५० सालको नापीबाट स्थानीय जग्गाधनी कायम गरिएको हुँदा ३० मिटरभित्र पर्ने जग्गा र उक्त जग्गामा निर्माण भएका घरको क्षतिपूर्ति पाउनुपर्ने पनि माग गरेको छ।
अरूण सरोकार मञ्चका केन्द्रीय अध्यक्ष डा। इन्द्रमणि राईले आफूहरुलाई आयोजना केन्द्रले सूचनाको अधिकारबाट बञ्चित गरेको बताउनुभयो। उहाँले भन्नुभयो–‘आयोजनामा स्थानीयको शून्य सहभागीता रहेको छ, आयोजनको कामदार, कर्मचारी तथा ठेक्कपट्टाका काम पनि भारतीय कम्पनीले गर्दै आएका छन्, स्थानीयलाई सहभागी गराएको खोई ?’

प्रतिक्रिया दिनुहोस्