ट्रम्पको पत्र पाएर किम दँग



सोल,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र हातमा परेपछि विहिवार उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले ठूलो सन्तुष्टि महसुश भएको अभिव्यक्ति दिएको उत्तरको सरकारी संचार माध्यमले जनाएके छ ।

गत साता अमेरिकाको वासिंगटनमा पुगेका किम जोंगका एक विशेष दुतले ट्रम्पको पत्र उनलाई दिएका हुन् । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसका अनुसार किम र ट्रम्पबिच फेब्रुअरीको उत्तरार्धमा भेटावार्ता हुने जनाएके छ ।
वार्तास्थल भने भियतनाम हुने बलिायो संभावना रहेको पनि बताइएको छ । गत वर्षको १२ जुनमा ति दुई बिच सिगापुरमा भएके ऐतिहासिक वार्ताके दौरान कोरियाली प्रायद्विपलाई परमाणविक हातहतिया मुक्त बनाउने विषयमा सहमति भएके थियो ।

तर वार्ता पछि भने सो सहमतिले अपेक्षित ठोस उपलब्धि हासिल गर्न सकेको थिएन । यस दोश्रो भेटवार्ताका लागि पछिल्लो समयमा ठुलै कुटनीतिक कसरत भएक ेहो ।

सिंगापुर वार्ता अघि जस्तै यस वार्ता सम्मुुख पनि किमले चीन भ्रमण गरी राष्ट्रपति सि जिन्पिंगसंग सरसल्लाह गरेका छन् । त्यसेगरी उनको विशेष विश्वासपात्र किम योँग चोलले व्यहाइट हाउसमा गएर ट्रम्पसंग भेटघाट गरेका थिए ।

किम जोंगको भनाई उदरित गर्दै उत्रर कोरियाली सरकारी समाचार निकाय केसिएनएले लेखेको छ , ‘ हामी ट्रम्पको सकारात्मक वैचारिक शैलीमा विश्वास गर्छौं , असल विश्वास र धैर्यताका साथ हामी पर्खन्छौं, अमेरिकासंग कदममा कदम मिलाएर हामी दुवैले तय गरेका लक्ष सम्म पुग्नेछौं ।’

किमले दोश्रो शिखर सम्मेलनका लागि ट्रम्पले देखाएको अस्वाभाविक दृढता र इच्छाका लागि उनको उच्च प्रशंसा गरेका छन् । गत वर्ष उत्तर कोरियाले अमेरिकाको मुख्य भुमिसम्म मार हान्न सक्ने अन्तरमहादेसिय क्षेप्यास्त्र प्रक्षेपण गरेपछि अन्तर्राष्ट्रिय जगतमै ठूलो तहल्का मच्चेको थियो ।

प्रतिक्रिया दिनुहोस्