युट्युवमा खतरनाक प्रान्क प्रतिवन्धित



वासिंगटन,(एजेन्सी)
खतरानाक वा भावनात्मक रुपमा नराम्रो असर पार्ने खालका ‘ प्रान्क ’ का क्लिपहरुमाथि युट्युवले प्रतिवनध लगाएको छ । यस्ता प्रान्कहरुको कारण कहिलेकाहिँ त्यसमा संलग्न मानिसहरुको ज्यानै जाने वा घाइते हुने जस्त चौनौतिहरु देखापर्न थालेपछि युट्युवले यो कदम उठाएको हो ।

गुगलको भिडिायो सेयरिंग साइटले अबदेखि यस्ता सामग्रीहरुलाई युट्युवमा स्थान नहुने औपचारिक घोषणा गरेको छ । बजफिड रिपोर्टमा यसअघि गतवर्षकोअप्रिलमा नै यस्ता खतरनाक प्रान्कहरु हटाउन आब्हान गरिए तापनि अझै पनि तिनीहरु देखापर्ने गरेको उल्लेख गरिएको छ ।

त्यस्ता केहि सनसनिखेज भिडियोले लाखौ लाखा दर्शकलाई आकर्षित गर्ने गरेका छन् । युट्युवले यस्ता भिडियोहरु दुरुपयोग नहोस् भन्ने उद्देश्यले तिनीहरु माथि प्रतिवन्ध लगाउने निर्णय गरेको स्पष्ट पारेको छ ।
तर कुन चाहि हानिकारक तथा खतरनाक र कुन चाहिँ छैनन् भन्ने यकिन गर्न कठिन हुने भएकले युट्युवलाई यस सम्बन्धी नयाँ नियमनै लागुगर्न असजिलो हुने विशेषज्ञहरुको भनाइ रहेको छ ।

गत वर्षको मेमा अमेरिकाको मिनेसोटाका २० वर्षिया युवती मोनालिसा पेरेजलाई युट्युवमा भाइरल गर्ने उद्देश्यले स्टन्ट भिडियो बनाउने क्रममा आफ्नो ब्वाइफ्रेन्डलाई गोली हानी मारेको अभियोगमा छ महिना लामो कारवास संजाय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्