अष्टे्र्लिया लुको चपेटामा



क्यानबेरा (एजेन्सी)
अष्ट्र्ेलियाको विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्नाले लु चल्न थालेको छ । देशको कयौं भागमा ५० डिग्री सेल्सियस निकट तापक्रम पुगेको बताइएको छ ।
यसबीच अधिकारीहरु बुधबार प्रमुख सहर सिडनीमा ओजोन अलर्ट जारी गर्ने तयारीमा पुगेका छन् । मौसम विभागले सोमबार र शुक्रबार बीच दिनमा १२ डिग्री र रातमा १० डिग्री तापमान बढ्ने पुर्वानुमान गरेको छ ।

यद्यपी सिडनीमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । स्वास्थ्य मन्त्रालयले नयु साउथ वेल्स राज्यमा गर्मी र घामका कारण ओजोन स्तरमा बृद्धी हुने र स्वास सम्बन्धी समस्या हुन सक्ने चेतावनी जारी गरिएको छ ।
पर्यावरणिय स्वास्थ्य निर्देशक रिचर्ड ब्रुमले पत्रकार सम्मेलनमा भने , ओजोनको असर भित्र भन्दा बाहिर धेरै हुन्छ र यो सामान्यतया अपरान्ह र साँझ सबैभन्दा बढी हुन्छ ।

होबार्ट बाहेक देशका मुख्य सहरहरुमा बुधबारको तापमान ३४ देखि ४१ को बीचमा रहने अनुमान रहेको मौसम विभागले जनाएको छ । भित्री भुभागमा ४५ डिग्री र त्यो भन्दा बढी तापक्रम हुन सक्ने अुनमान रहेको विभागले जनाएको छ । दक्षिण अष्ट्र्ेलिया राज्यको पोर्ट अगस्टा सहरमा मंगलबार सबैभन्दा धेरै तापक्रम मापन गरिएको र त्यहाँ ४८ दशमलव ९ डिग्री सेल्सियर पुगेको बताइएको छ । राज्यको सानो सहर टार्कुलामा तापक्रम ४९ डिग्री पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्