डब्ल्युटीसी स्मारक स्थलबाट साउदी कलाकृती हटाइने



न्युयोर्क (एजेन्सी)
अमेरिकाको विश्व ब्यापार केन्द्र बाहिर राखिएका कलाकृति मध्य एक प्रदर्शनीलाई हटाइने भएको छ । सेप्टेम्बर ११ आक्रमणमा ज्यान गुमाउने अमेरिकीहरुको स्मरणमा निर्माण भएको स्मारक स्थलमा साउदी अरेबियाको प्रतिनिधित्व गर्ने एक कलाकृति राख्ने विषयलाई लिएर पर्यवेक्षकहरुले आपत्ती जनाएका थिए ।

अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा साउदी अरेबियाको प्रतिनिधित्व गर्ने कलाकृतिलाई लिएर आपत्ती जनाइएकोले ती कृतिहरुलाई हटाउन लागेको हो । उक्त केन्द्र बाहिर जी २० देशका प्रतिनिधित्व गर्ने क्यान्डी आकारको केही प्रतिमाहरु प्रदर्शनमा राखिएका थिए । उक्त प्रदर्शनलाई क्यान्डी नेसन्स नाम दिइएको छ । ती मध्य एक प्रतिमामा साउदी अरेबियाको झन्डा टाँसेको छ ।
सन २०११ मा लगाइएका ती प्रतिमा न्युयोर्क लगायन अन्य कयौं देशमा पनि प्रदर्शन गरिसकेका छन् । तर केही पर्यवेक्षकले डब्ल्युटीसीमा साउदी अरेबियाको झन्डामा आपत्ती जनाइसकेका छन् । डब्ल्युटीसीमा सेप्टेम्बर ११ आतंकवादी हमलामा ज्यान गुमाएका ३ हजार अमेरिकीको स्मारक राखिएको छ ।

सेप्टेम्बर ११ हमलामा १५ जना साउदी नागरिक संलग्न थिए । अमेरिकी कांग्रेसमा पेश गर्न लागेको सेप्टेम्बर ११ आक्रमणसँग जोडिएको एक प्रतिवेदनमा आयोगका सह अध्यक्ष रहेका बब ग्राहमका अनुसार त्यसमा साउदी अरेवियालाई पनि हमलाका लागि जिम्मेवार ठहर्याइएको थियो । यद्यपी उक्त प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

सेप्टेम्बर ११ सँग सम्बन्धित स्मारक तथा अन्य कयौंसाझेदार र कलाकारसँग मिलेर प्रदर्शनीलाई अर्को स्थानमा स्थानान्तरण गर्ने प्रदर्शनी ब्यवस्थापन प्राधिकरणले जनाएको छ । उक्त प्रदर्शनीलाई जोन एफ केनेडी अन्तराष्टि हवाई अड्डामा स्थानान्तरण गर्न लागेको पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्