उत्तर कोरिया अब दक्षिणको शत्रु रहेनन्



South Korean President Moon Jae-in and North Korean leader Kim Jong Un pose for a photo in the truce village of Panmunjom inside the demilitarized zone separating the two Koreas, South Korea, April 27, 2018. Korea Summit Press Pool/Pool via Reuters – RC1A32EA2A60

सोल (एजेन्सी)
दक्षिण कोरियाले आफ्नो द्विवार्षिक रुक्षा दस्तावेजमा उत्तर कोरियाका लागि पहिला प्रयोग गरिएको ‘शत्रु‘ शब्द हटाउको छ । यसलाई प्योङयाङसँगको वैमनस्यता अन्त्य गर्ने एक प्रयासका रुपमा लिइएको छ ।
उत्तर कोरियाका परमाणु कार्यक्रममा अन्तराष्ट्रिय गतिरोध अन्त्य गर्न वासिंगटन र प्योंगयांग नेताहरुबीच हुन गइरहेको दोस्रो बैठक अगाडी सोलले उक्त कदम चालेको हो ।

दक्षिण कोरियाले मंगलबार सार्वजनिक गरेको रक्षा श्वेत पत्रमा उत्तर कोरियाको नाममा ‘शत्रु‘, ‘विद्यमान शत्रु ‘ वा ‘प्रमुख शत्रु ‘ जस्ता शब्दको प्रयोग गरिएको छैन । यो शब्द कोरियाली देशबीच शत्रुताको एक कारण रहेको छ । उत्तर कोरियाले यसलाई एक प्रकारको उक्साउने खालको कदम बताउँदै यसले दक्षिण कोरिया कति द्वेषपुर्ण छ भन्ने देखाएको बताउँदै आइरहेको थियो ।
दक्षिण कोरियाले पहिलो पटक उत्तर कोरियालाई सन् १९९५ मा आफनो प्रतिवेदनमा ‘प्रमुख शत्रु‘ बताएको थियो । त्यसको एक बर्षपछि उत्तर कोरियालाई ‘आगोको नदि‘मा परिणत गर्ने धम्की दिएको थियो ।

उत्तर कोरियाली मन्त्री स्विडेनमा
उत्तर कोरियाका विदेश मामिला उप मन्त्री चोई सन हुई एक अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन मंगलबार स्विडेन प्रस्थान गरेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पबीच अर्को महिना हुने भनिएको सम्भावित दोस्रो शिखर वार्ता अगाडी भएको उक्त भ्रमण अर्थपुर्ण मानिएको छ ।

उत्तर कोरियाका वरिष्ठ राजनितिज्ञ चो उत्तर कोरियाको राजधानी प्योंगयांगबाट विमानमा बेइजिंग पुगेको जनाइएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले उनलाई उदृत गर्दै भनेको छ , म एक अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन स्विडेन गइरहेको छु । ‘

अमेरिकी राष्ट्रपतिसँग भेटवार्ताको तयारीबीच उत्तर कोरियाली नेता किम जोंग उन आफनो निकट सहयोगी चिनिया राष्टपति सी जिनपिंगसँग पनि बेइजिङमा भेटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्