युरोपेली संघबाट अगल हुने प्रस्ताव असफल नबनाउन मेको चेतावनी



लन्डन (एजेन्सी)
युरोपेली संघबाट अलिगिन ल्याइएको सहमति प्रस्ताव अनुमोदनका लागि संसदमा आज मंगलबार मतदान हुँदैछ । ब्रेक्जिट प्रक्रियालाई टुंगोमा पुर्याउन अत्यन्त महत्वपुर्ण मानिएको उक्त मस्यौदा प्रस्तावमा असफल पार्ने प्रयासमा रहेका सांसदहरुलाई बेलायतकी प्रधानामन्त्री टेरिजा मेले चेतावनी दिएकी छिन् ।

प्रस्ताव असफल बनाउन मतदानको तयारी गरिरहेका सांसदहरुलाई ब्रक्जिट सम्झौता नहुनु लोकतन्त्रका लागि भयावह र अक्षम्य हुनेमा उनले सचेत गराएकी छिन् । मंलबार संसदमा हुने मतदानमा ब्रेक्जिटका समर्थकहरुलाई निरास पार्न नहुने प्रधानमन्त्रीले सांसदहरुलाइ बताइन् ।

युरोपेली संघबाट बाहिरिनका लागि तयार पारिएको उक्त प्रस्तावलाई लिएर विगत १८ महिना देखि वार्ता भइरहेको छ । सन्डे एक्सप्रेसमा प्रकाशित आफनो लेखमा मेले भनेकी छिन्, यसतो गर्नु हाम्रो लोकतन्त्रमा भयावह र अक्षम्य हुने छ ।

उनले भनेकी छिन् , त्यसैले यो सप्ताहन्तमा संसदलाई मेरो सन्देश अत्यन्त सामान्य छ । यो गेम विर्सेर र त्यो काम गर्ने समय हो जुन हाम्रो देशका लागि सही हो ।

बेलायत यसै बर्षको मार्च २९ मा युरोपेली संघबाट अलग हुन गइरहेको छ । तर बेलायतको बहिर्गमनका लागि प्रक्रियागत सर्त अहिले सम्म तय हुन सकेको छैन । युरोपली संघको संसदबाट पारित भइसकेको उक्त प्रस्ताव कार्यन्वयनका लागि बेलायतको संसदबाट पनि पारीत हुन आवश्यक छ । तर संसदबाट पारीत हुने सम्भावना नदेखेपछि प्रधानमन्त्रीले गत डिसेम्बरमा हाउस अफ कमन्समा मतदान रोकेकी थिइन् ।

युरोपेली संघबाट अलगिन बेलायतले संघलाई तिर्नु पर्ने धनरासीलाई लिएर बेलायती सांसदहरुमा असमति रहेको छ । उनीहरुले मेले प्रस्तुत गरेको उक्त प्रस्तावबाट बेलायतको स्थिति कमजोर हुने बताइरहेका छन् । प्रस्तावमा बेलायतले ३९ अर्ब अमेरिकी डलर इयुलाई बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्