सरिफको स्वास्थ्य विगे्रको छोरीको दावी



लाहोर (एजेन्सी)
पाकिस्तानका जेलमा बन्द रहेका पुर्व प्रधानमन्त्री नवाज सरीफको स्वास्थ्य विग्रेको उनकी छोरीले शुक्रबार दावी गरेकी छिन् । जेल प्रशासनले उनका मुटु रोग विशेषज्ञलाई जाँच गर्न नदिएको आरोप सरीफकी पुत्री मरियमले लगाएकीछिन् ।

लाहौरको लखपत जेलमा अल अजिजिया स्टिल कारखाना भ्रष्टाचार मामिलामा ७ बर्षको जेल सजाय काटिरहेका सरिफको हातमा पीडा रहेका मरियमले बताएकी छिन् । उक्त पिडा सम्भवत हृदय रोगका कारण सरीरको अन्य अंगमा हुने पिडा , एन्जाइना हुन सक्ने उनले बताइन । यद्यपी एक प्रवक्ताले जेलमा चिकित्सकहरुले सरीफको जाँच गरेको र उनको स्वास्थ्य ठीक भएको बताए ।

मरियमले ट्विटमा भनेकी छिन् , सरिफको हृदय रोग विशेषज्ञले पुरै दिन उनीसम्म पुग्ने प्रयास गरिरहे तर अनुमति दिइएन । उनको उपचारमा उनको जटिल स्वास्थ्य स्थितिका बारेमा जानकारी भएका चिकित्सकको आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्