पत्नीलाई फकाउन पेटमा ट्याटु



लन्डन (एजेन्सी)
पति पत्नीको सम्बन्धमा यदि कसैले दिएको धोकाका कारण संकटमा परे भने आफनो जीवनसाथीलाई मनाउनु फलामको च्युरा चपाउनु जस्तै हुन्छ । यस्तै प्रसंगमा एक धाकेबाज पतिले आफनी पत्नीलाई मनाउनका लागि त्यसतो कार्य गर्नु पर्यो जसले उनी सामाजिक सन्जालमा ब्याप्त बनायो ।

जोस टेरेस नामका ती ब्यक्तीले आफ्नी पत्नीलाई धोका दिएका थिए, त्यसपछि उनी उसँग टाढिएकी थिइन् । पत्नीलाई पुन पाउनका लागि ती पुरुषले आफ्नो गल्ती स्विकार्न एक ट्याटु कोर्न लगाए । जसमा उनले आफुलाई धोकेबाज, बेश्यागमन गर्ने पूरुष भएको लेखाएका छन् ।

जोसको ट्याटुको तस्वीर सामाजिक सन्जालमा ट्याटु आर्टिस्टले सेयर गरे । दुईवटा शब्दको स्पेलिङ गल्ती हुनुमा कलाकारले उनी मुल रुपमा बेलायती नभएको र अंग्रेजी उनको दाश्रो भाषा भएको बताए । जोसले आफनो छाती र पेटमा बनाएको ट्याटुमा लेखाए, म जोस टेरेस सन् २०१९ जनवरी २ मा ट्याटु आफनो इच्छाले बनाइरहेको छु । म आफ्नी पत्नीलाई फेरी पाउन चाहन्छु र यो म आफनो वैवाहिक जीवनमा मेरा कारण भएको पिडा र दुखको बदलामा गरिरहेको छु ।

आफ्नो गल्ती स्विकार गर्दै ट्याटुमा उनले लेखाएका छन्– म झुठो हुँ, धोकेबाज हुँ, षडयन्त्रकारी हुँ, धुर्त हुँ, देहब्यापारीलाई मन पराउँछु, बेइमान र सम्मान नगर्ने हुँ ।

उक्त ट्याटु सेयर गरिएपछि सामाजिक सन्जालमा मानिसहरुको फरक फरक प्रतिक्रिया दिएका छन् । केहीले वैवाहिक सम्बन्ध अन्त्य गर्न सल्लाह दिए भने केहीले जोसका पत्नीसँग माफ गर्न अपिल गरेका छन् ।
ट्याटु आर्टिस्टले पनि स्पेलिङ गल्ती भएको स्विकार गर्दै आफुले सँधै आफना ग्राहकलाई सही स्पेलिङ दिन अपिल गर्ने गरेको बताएका छन् । अंग्रेजी आफनो दास्रो भाषा भएकोले आफुलाई यस विषयमा धेरै जानकारी नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्