रोयटर्सका पत्रकारद्वयको अपिल अस्विकृत



याँगुन,(एजेन्सी)
म्यान्मार स्थित एउटा अदालतले शुक्रवार राष्ट्रको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा थुनिएका रोयटर्सका दुईजना पत्रकारले गरेको अपिल अस्विकार गरेको छ ।

गतवर्षको सेप्टेम्वरमा वा लोन र क्या सोय ओ नामक ति पत्रकारलाई जनही सात वर्ष लामो कारावास संजाय सुनाइएपछि अन्तर्राष्ट्रिय जगतले भत्सर्ना गरेको थियो ।

तिनीहरुले सन् २०१७ मा सरकारी फौजले अल्पमत मुशिलम मिदाय रोहिँग्या विरुद्ध गरेको दमन अभियानको क्रममा १० जना रोहिँग्यालाई गैर न्यायिक ढंगले मृत्युदण्ड दिएको घटनालाई सार्वजनिक गरेका थिए ।

तर न्यायधिशले तिनीहरुलाई दिइएको संजाय उपयुक्त रहेको भन्दै तिनीहरुको बचाउले तिनीहरुको निर्दोषता प्रमाणित नहुने बताएका छन् । प्रहरी अधिकारीहरुले आफुलाई दिएको आधिकारिक दस्तावेजहरुसंगै तिनीहरु पक्राउ परेका थिए ।

तिनीहरुले भने आफुहरुलाई सरकारी निकायले जानीजानी फसाएको आरोप लगाउाद ैआएका छन् । म्यान्मारको उत्तरी रखाइन प्रान्तमा सेनाले रोहिँग्या समदायमाथि गरेको अमानविय दमन कार्यबारे म्यान्मारका केहि जनरलहरमाथि अनुसन्धान गराउनु पर्ने आवाज संयुक्त राष्ट्र संघले उठाउँद ैआएको हो ।

उक्त दमन कार्य रोकन सरकारले कुनै ठोस कदम नचालेको आरोप लगाउँदै म्यान्मारका नोवेल पुरुस्कार विजयी आँग सान सुकीलाई दिइएको पदक समेत एमनेष्टि इन्टरनेसनलले फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्